समाचार समाज

निर्मला हत्या प्रकरण निलम्बित एसपीसहित तीनै जनाको डीएनए मिलेन

१४ असोज, कञ्चनपुर । निर्मला पन्तको बलात्कार प्रकरणमा विवादित बनेका एसपी डिल्लीराज विष्टसहित तीन जनाको डीएनए परीक्षणको रिपोर्ट आएको छ । तर, तीनै जनाको रिपोर्ट मेल खाएन । कञ्चनपुरका एसपी कुबेरबहादुर कठायतले अनलाइनखबरसँग भने, ‘डीएनए रिपोर्ट आएको छ तर, मेल खाँदैन ।’ एसपी विष्ट, उनका छोरा किरण र भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टका भतिजा आयुष […]

राजनीति समाचार समाज

गण्डकी प्रदेशका मुख्यमन्त्रीलाइ नै पार्टीको इन्चार्ज बनाईएपछि नेकपाभित्रै असन्तुष्टी

काठमाण्डौं, असोज १२ । एकसाताअघि असोज ५ गते बसेको नेकपा सचिवालय बैठकले प्रदेशका ईन्चार्ज, सहईन्चार्ज, अध्यक्ष र सचिव टुंग्यायो । पार्टीको जिम्मेवारी पाएकामध्ये गण्डकी प्रदेश र ५ नम्बर प्रदेशका ईन्चार्ज सोही प्रदेशका मुख्यमन्त्री हुन् । संघीयता कार्यान्वयनमा चुनौति बढिरहेका बेला झनै पार्टीको जिम्मेवारी थपिदिएको भन्दै नेकपाभित्रै पृथ्वीसुब्बा गुरुङ र शंकर पोखरेलको आलोचना सुरु भएको छ […]

प्रदेस न ४ 'समाचार समाचार समाज

मृगौला पिडीतलाई अनेरास्ववीयूको सहयोग

असोज १२, पोखरा । भरतपुर महानगरपालीका–१६ घर भएकी वर्ष १० की मृगौला, पेट तथा टाउकोको समस्या पिडीत विवस्ता कोइरालालाई अनेरास्ववीयू कास्की को सयोंजकत्वमा आर्थीक सहयोग गरिएकोे छ । पोखराको पृथ्वीनारायण क्याम्पस गेटमा एक समाहोरका विच अनेरास्ववीयू कास्कीका अध्यक्ष विवेक देवकोटाको नेतृत्वमा नगद संकलन गरि रु. ८००० (रु. आठहजार) हस्तान्तरण गरिएको हो । ।

प्रदेस न ४ 'समाचार समाचार समाज

पश्चिमाञ्चल क्षेत्रिय अस्पतालका कर्मचारी तलब नपाएपछि हड्तालमा

पोखरा, असोज । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत चिकित्सक तथा कर्मचारीले तलब नपाएपछि काम छाडेर बिहीबारदेखि हड्तालमा उत्रिएका छन् । प्रशासनले आफूहरुमाथि ज्यादति गरेको साथै कार्यरत करार कर्मचारीले ३ महिनादेखि तलब नपाएको कारण विरोधमा उत्रिनु परेको उनीहरुको भनाई छ । ‘२०६४ सालदेखि नै विभिन्न समयमा मागसहितका ज्ञापनपत्र प्रशासनमा बुझाइरहेका छौं । सहमति पनि हुँदै आएको […]

BREAKING NEWS प्रदेस न ४ 'समाचार समाचार समाज

श्रेया हत्याकाण्ड त्यो कुकुर, घुमाई घुमाई अपराधिलाइ पार्यो फन्दामा

प्रकाश ढकाल पोखरा, असोज ११ । पोखराको पुम्दीभुम्दीमा मंगलबार मृत भेटिएकी श्रेया सुनारको बलात्कारपछि हत्या भएको खुलेको छ । छिमेकी कुशुम पौडेलले चक्लेट किन्ने पैसा दिएर उनको बलात्कार गरेको तथ्य खुलेको छ । कास्की प्रहरीले बुधबार पत्रकार सम्मेलन गरी हत्या आरोपी पौडेललाई सार्वजनिक गरेको हो । पौडेलले पत्रकार सम्मेलनमै बलत्कार पछि हत्या गरेको स्विकार गरेका […]

राजनीति समाचार समाज

निर्मलाको कपडा जलाइयो, मुचुल्कामा बुबाको नक्कली औंठाछाप

बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको मुचुल्कामा बाबुको ‘नक्कली’ औंठाछाप भेटिएको छ । साथै घटनास्थलमा बरामद भएको उनको कपडासमेत जलाएको पाइएको छ । गृहमन्त्री रामबहादुर थापा बादलले स्वयंले संसदीय समितिमा यसको खुलासा गरेका हुन् । संसदको राज्य व्यवस्था समितिको बुधबारको बैठकमा गृहमन्त्री बादलले भने, ‘लुगाहरु पनि जलाइएको रहेछ । यो त संरक्षण […]

प्रदेस न ४ 'समाचार समाचार समाज

बालिकाको बलात्कारपछि हत्या, हत्या गर्ने कुशुमले के भने ? (भिडियो)

पोखरा, असोज १० । पोखरा २२ पुम्दीभुम्दीकी १० बर्षिया वालिका श्रेया सुनारलाई स्थानीय कुसुम पौडेलले चक्लेट किन्ने पैसा दिएर बलत्कार गरी हत्या गरेको खुलेको छ । जिल्ला प्रहरी कास्कीले बुधबार प्रहरी कार्यालय परिसरमै पत्रकार सम्मेलन गरेर पौडेललाई सार्वजनिक गरेको हो । पौडेलले पत्रकार सम्मेलनमै बलत्कार पछि हत्या गरेको स्वीकारे । ‘हो मैले बलत्कार गरेर हत्या […]

समाचार समाज

पाेखरामा महिलाले नै लुटे सहकारी, प्रहरीले पक्रियो ३ जना

पोखरा, असोज १० । पोखराको सिर्जनाचोकमा रहेको जनएकता सहकारी लुटेराहरु पक्राउ परेका छन् । कास्की प्रहरीको सक्रियतामा दुई महिला सहित तीनजनालाई पक्राउ गरिएको हो । भदौ ३१ गते भवनको तल्लो तलाको सटर फोडी काउण्टरमा राखेको ९ लाख १४ हजार रुपैयाँ चोरेर उनीहरु फरार थिए । प्रहरीले निरन्तर अनुसन्धान र खोजी गरेपछि आज विहान बुलौंदीबाट उनीहरुलाई […]

प्रदेस न ४ 'समाचार समाचार समाज

श्रेयाको हत्यारालाई फाँसीकाे माग गर्दै पोखरामा विशाल जुलुश (भिडियो)

पोखरा, असोज १० । पोखरा पुम्दीभुम्दीकी श्रेया सुनारको बलात्कारपछि हत्या भएको भन्दै स्थानीयले बृहत जुलुस सहित विरोध जनाएका छन् । कोदीबाट निस्किएको जुलुश जिल्ला प्रहरी कार्यालय तर्फ गैरहेको छ । उनीहरुले हत्यारालाई कारबाहीको माग गरेका छन् भने महिला हिंसा अन्त्यका लागि दवावमुलक नाराबाजी गरेका छन् । स्थानीयहरुले स्वस्फुर्त रुपमा श्रेयाको हत्यारा खोजी गर्दै कडा कारबाहीको […]

प्रदेस न ४ 'समाचार समाचार समाज

श्रेयाको बलात्कारपछि हत्या गर्ने कुशुम को हुन् ?

पोखरा, असोज १० । पोखरा २२ पुम्दीभुम्दीकी १० वर्षीया बालिका श्रीया सुनारको बलात्कारपछि हत्या गरेको आरोपमा उनकै छिमेकी पक्राउ परेका छन् । घटनाको २४ घण्टाभित्रै प्रहरीले मंगलबार राति २७ वर्षीय कुसुम पौडललाई पक्राउ गरेको हो । कुसुम सहित पाँच जनालाई पक्राउ गरेकोमा पौडेल मात्र दोषी देखिएका छन् । कास्की प्रहरीका अनुसार पौडेलले घटनामा संलग्न भएको […]