BREAKING NEWS समाचार

पाथीभराबाट उडेको एक मिनेटमै हेलिकोप्टर दुर्घटना: पर्यटनमन्त्री अधिकारीसहित ७ जनाकै निधन

नेपाल नागरिक उड्डयन प्राधिकरणले पर्यटनन्मत्री रविन्द्र अधिकारी सवार हेलिकोप्टर उडेको एक मिनेटमै दुर्घटनामा परेको बताएको छ । त्रिभुवन विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीले हेलिकोप्टर ताप्लेजुङको पाथीभरा मन्दिर दर्शनपछि उडेको एक मिनेटमै दुर्घटनामा परेको भिडियो ट्र्याक रेकर्डबाट देखिएको जानकारी दिए । ‘भारी हिमपातका कारण हेलिकोप्टर दुर्घटना भएको प्रारम्भिक अनुमान छ,’ उनले भने । पौने १ बजे हेलिकोप्टर […]

समाचार समाज

स्याङ्जा बिरुवा गाँउपालिका ५ चेप्टेमा लिफ्टिङ्ग खानेपानी योजना सम्पन्न

स्याङ्जा । स्याङ्जाको बिरुवा गाउपालिका ५ चेप्टेमा ७३ लाखको लागतमा ४० घरधुरी लाभान्वीत हुनेगरी खानेपानी आयोजना निर्माणकार्य सम्पन्न भएको छ । पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई आयोजना अन्र्तगत फिनल्याण्ड र नेपाल सरकारको अर्थिक सहयोगमा कालिसेन भुलभुले लिफ्टिङ्ग खानेपानी तथा सरसफाई योजना सम्पन्न भएको हो । आयोजनामा स्थानियको जन श्रमदन पनि रहेको कालिसेन भुलभुले लिफ्टिङ्ग […]

समाचार

चिकित्सक संघले आजबाट आकस्मिकबाहेकका सेवा ठप्प पार्ने

१८ माघ । नेपाल चिकित्सक संघले आजबाट देशभरका अस्पतालको आकस्मिकबाहेकका सेवा ठप्प पार्ने भएको छ । अनसनरत डा. गोविन्द केसीको जीवन रक्षा माग गर्दै त्रिवि शिक्षण अस्पतालसहित देशभरका अस्पतालमा रिले अनसन बसिरहेको संघले माग सुनुवाइ नभएको भन्दै कडा संघर्षको कार्यक्रम सार्वजनिक गरेको हो । संघका महासचिव डा. लोचन कार्कीले २५ दिनदेखि अनसनरत केसीको जीवन रक्षा […]

BREAKING NEWS समाचार

दोस्रो नेपाल आइडल हुन सफल रवि ओडलाइ मातृ शोकः करेन्ट लागेर आमाको मृत्यु

११ पुस,दोस्रो नेपाल आइडल बनेका रवि ओडकी आमाको करेन्ट लागेर मृत्यु भएको छ । बुधबार बिहान सात बजे पानी तान्ने मोटर चलाउने क्रममा करेन्ट लागेकी ४५ वर्षीया विष्णा ओडको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको हो ।करेन्टलागेपछि घाइते रहेकी उनलाई बिहान पौने ९ बजे सेती अञ्चल अस्पताल पुर्‍याइएलगत्तै चिकित्सकहरुले मृत घोषित गरेका थिए […]

समाचार समाज

सेनामा भर्ना खुल्यो झण्डै ३८ सय संख्या

१० मंसिर,  । नेपाली सेनाले झण्डै ३ हजार ८ सय संख्यामा भर्ना आह्वान गरेको छ । लेखा जमदार, अमलदार, सैनिकदेखि केशकर्तकसम्मका पदहरुमा भर्ना खुलेको हो । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले सोमबार प्रकाशित गरेको सार्वजनिक सूचनाअनुसार लेखा जमदार, अमलदार कर्मचारी, सहायक पण्डित हुद्धा, सैन्य मेडिकल, सैन्य सिग्नल, सैन्य ड्राइभर, सैन्य वाद्यवादन (ब्रास ब्याण्ड), […]

कला /सस्कृति समाचार समाज

गाउँमा जोगाइँदै रोटेपिङ

स्याङ्जा — दसैं टीकाको दिन धर्ती छोड्दा पवित्र भइन्छ भन्ने मान्यता गाउँघरमा विद्यमान छ  । यसैले बालबालिकादेखि वृद्धवृद्धा सबै पिङमा झुम्मिन्छन्  ।गाउँघरमा रोटे पिङ र लिंगे पिङ बनाउने चलन पुरानै हो । युवा बिदेसिएपछि पिङ बनाउने चलन लोप हुँदै गएको छ । तर, स्याङ्जाका युवाले भने गाउँमा पिङ संस्कृतिलाई जोगाइराख्न अभियान थालेका छन् । उनीहरूले दसैंमा बनाएको पिङ […]

BREAKING NEWS समाचार समाज

स्याङजामा गाउँपालिका अध्यक्षले प्रहरी कुटे : मानन्धर भन्छन् एक झापड मात्र हानेको हुँ

स्याङ्जा – स्याङजाको हरिनास गाउँपालिकाका अध्यक्ष खिमनारायण मानन्धरले प्रहरीमाथि नै हातपात गर्नु भएको छ । हरिनासकै वडा नम्बर –६, दग्दीमा भएको भलिबल प्रतियोगितामा सामान्य विवाद हुँदा अध्यक्ष मानन्धरले प्रहरीमाथि हातपात गर्नुभएको प्रत्यक्षदर्शीले बताएका छन् । आक्रमणबाट दार्सिङ प्रहरी चौकीका प्रहरी जवान रामनारायण चौधरी घाइते हुनु भएको छ । क्याक्मी र दार्सिङका युवाहरुबीच भएको खेलका क्रममा […]

समाचार

टिपर दुर्घटना–एकको मृत्यु, ११ जना घाइते

मेलम्ची, कार्तिक ७ । सिन्धुपाल्चोकको जुगल गाउँपालिका याङ्लाकोटबाट बाह्रबिसे गइरहेको टिपर भैँसेमा सोमबार दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । बा ४ ख ९०१७ नंको टिपर सडकमै पल्टिँदा ११ जनाभन्दा बढी घाइते भएका छन् । उक्त टिपरले घुम्तीमा अर्को गाडीलाई उछिनेर घुमाउन खोज्दा सडकमा पल्टिएको भैँसे निवासी रामबहादुर तामाङले बताए । दुर्घटनाका कारण […]

समाचार समाज

राउटे भन्छन् – ‘नीति बनाइदेऊ’ दसैं आयो भनेर खसी र चामल माग्न मात्र आएका होइनौं

काठमाडौं : लोपोन्मुख राउटेहरू सरकारसँग आफ्नो जातिको संरक्षण माग गर्न राजधानी आएका छन्। ‘दसैं आयो भनेर खसी र चामल माग्न मात्र आएका होइनौं, हामीलाई बाँच्न सक्ने नीति बनाइदिनु पर्‍यो भन्न आएका हौं’, राउटेको नेतृत्व गरेर आएका ठालू हरिबहादुर शाही भन्छन्, ‘नयाँ प्रधानमन्त्री भएदेखि नै हामीले भेटेर हामीलाई जोगाउने नीति बनाइदेउ भन्न खोजेका हौं। समय नै दिँदैनन्।’ […]

समाचार

एयरपोर्टहरुमा हवाई इन्धन भर्ने रिफ्युलरको अभाव

२३ भदौ,। नेपाल आयल निगमलाई एयरपोर्टहरुमा हवाई इन्धन वितरण गर्ने रिफ्युलरको अभाव भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै पर्याप्त रिफ्युलर नहुँदा समस्या परिरहेको निगमको गुनासो छ । निममका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले खरिदका लागि पटक-पटक टेण्डर गर्दा पनि प्राविधिक कारणबाट सम्भव नभएको बताए । उनले दशैंको समयमा एयरर्पोटमा पर्ने चापलाई ध्यानमा राखेर भारतीय आयल […]