कला /सस्कृति विचार/विविध

फेवातालको जग्गा अतिक्रमण – सरकार मुकदर्शक नवनोस्

लेखकः विष्णु प्रसाद श्रेष्ठ

फेवाताल पोखराको मात्र नभएर नेपालकै पर्यटकिय क्षेत्र हो । पोखराको सौन्दर्यमा फेवाताल र माछापुच्छ्रे हिमालको ठुलो महत्व छ । नेपालमा आउने विदेशी पर्यटकहरु प्राय पोखरा आउन मन पराउँछन् र पोखरा आएपछि प्राय जसोको पहिलो गन्तव्य फेवाताल हुने गरेको छ । विदेशी मात्र नभएर आन्तरीक पर्यटकहरुको गन्तव्य स्थल पनि पोखरा घुम्न पुगेको छ । फेवातालको अवलोकन गर्न जाँदा ज्ञात हुन्छ कि त्यहाँ आन्तरीक वाह्य पर्यटकको चाप कति छ भनेर ।
फेवातालले प्राकृतिक सौन्दर्य मात्र वढाएको छैन अपित रोजगारी वढाएको छ । लेक साइडमा हाल सानातिना देखि तारे होटलहरु पनि खुलेका छन् । यसरी खुलेका होटल तथा रेष्टुरेण्टहरुले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा प्रशस्त व्याक्तिहरुलाई रोजगारी प्रदान गरेको छ । यति मात्र नभई लेकसाइडमा खुलेका ट्रेकिङ् एजेन्सी, पसल, उद्योगधन्दा, यातायात आदीले पनि रोजगारी अवसर वढाएको छ ।
फेवातालको महत्व केवल पर्यटन र आर्थिक आर्जनमा मात्र सिमित नरही वातावरणीय महत्व पनि रहेको छ वातावरण साम्य र सन्तुलन राख्न यसले ठुलो भुमिका खेलेको छ । फेवाताल नजिक रहेको रानीवनले जैविक विविधताको सरक्षण गरेको छ भने वन्यजन्तुहरुको आश्रयस्थल पनि वनेको छ ।
फेवाताल पोखरावासी अझ खासगरी लेकसाइड वासीहरुको जनजिवन सँग सम्बन्ध राख्छ । फेवातालको विचमा रहेको ताल बराही मन्दिर आस्थाको धरोहर वनेको छ । ताल वाराही सँग जोडिएका आख्यान कथा तथा घटनाहरु हाम्रा सम्पति हुन् । यिनीहरुलाई संरक्षण गर्दै पुस्ता देखी पुस्ता सम्म हस्तान्तरण गर्दै जानु पनि आजको पिंढीको जिम्मेवारी हो । अत ताल वाराही मन्दिरमा व्यवस्थीत रुपले र विधिपुर्वक पुजा अर्चना चलिरहोस र भक्तजनहरुलाई कुनै वाधा व्यवधान नहोस भन्ने कुरामा पनि ध्यान दिनु जरुरी छ । किवदन्ती लाई आधार मान्ने हो भने फेवातालको उत्पत्ति सँग ताल वाराही माताको भुमिका स्पष्ट संग देख्न सकिन्छ । तालवराही को उत्पत्ति कसरी भयो र फेवातालको उत्पत्तिमा माताको भुमिका वारेमा पनि प्रचलीत अख्यानलाई लिपीवद्ध गर्न जरुरी छ । ताकी पछिल्ला पुस्ताले यस बारेमा जानकारी पाउनु सकुन । यतिमात्र नभई तालबाराही मन्दिर र फेवाताल संग फेवाताल वरीपरीका वस्ती मात्र नभई पाउडुर, नागडाँडा मान्द्रेढुंगा आदी ग्रामिण भेगका वासिन्दाको पनि इतिहास लुकेको पाइन्छ । कास्कीका राजाहरु देखी लिएर शाह वंशीय राजाहरु राणा शासकहरु तथा प्रजातान्त्रिक पछीका शासन व्यवसथाले फेवातालको संरक्षण र विकासमा पु¥याएको घटना मात्र होइन यसको दोहन गर्ने र व्याक्तिगत स्वार्थपुर्ती गर्ने तथा जग्गा अतिक्रमण गरेका घटनाहरु पनि इतिहासका लागी महत्वपुर्ण घटना हुन आउँछ । फेवाताल भन्दा माथी रहेको माझथुम भन्ने डाँडाको आनै ऐतिहासीक महत्व रहेको छ । सो माझथुम मा रहेको वाराही मन्दिर को अस्तित्व हाल देखिदैन । त्यहाँ तपस्या गरी वसेका सन्त महन्त हरुको पनि ऐतिहासीक झलक दिने हाल कुनै संरचना वा पुरातात्रीक अवशेषहरु भेट्न सकिदैन । यस्को सट्टामा नयाँ संरचनाहरु वनेका छन् । विद्यालय संचालन गर्नु आश्रम स्थापना गर्नु वा भव्य मन्दिरको स्थापना गर्नु निश्चय पनि प्रशंसनिय कार्य हो । यसो भएतापनि इतिहासलाई हामीले विर्सनु हुदैन । फेवाताल र तालवाराहि मन्दिरको इतिहासलाई खोज्दै जाने हो भने माझथुम डाँडा सम्म पुग्न पर्ने हुन्छ । यतिमात्र नभई यसको सम्बन्ध कस्केली राजा कुलमण्डल शाह संग पनि जोडिन पुगेको देखिन्छ । कास्कीकोट नजिक रहेको मान्ड्रेढुँगा भन्ने ठाउँमा रहेको मान्ड्रेढुंगा नामक विशाल प्रस्तर को संवन्ध पनि फेवाताल सँग रहेको स्थानिय वासिन्दाहरुको भनाइ रहेको छ । यतिमात्र नभई त्यस क्षेत्रको स्थानिय देवताका रुपमा ताल वाराही मातालाई मान्ने गरेको पनि पाइन्छ ।
विभिन्न दृष्टिकोणले फेवातालको महत्व रहेकाले फेवताल र फेवाताल परिसरको संरक्षण गर्नु नेपाल सरकार , प्रादेशीक सरकार स्थानिय निकाय जनप्रतिनिधी एवं सचेत नागरीकहरुको कर्तव्य हुन आउँछ । केवल फेवातालको सौन्दर्यको अवलोकन गर्ने डुँगामा सयर गर्ने वा भाषण वाजी मात्र गर्नेले यसको संरक्षण हुन सक्दैन ।
फेवातालको ठुलो महत्व हुँदा हुदै पनि यसको अस्तित्व भने संकटमा पर्दै गएको पाइन्छ । पछी यसरी नै संकटमा पर्दै जाने र यसको संरक्षणमा सम्बन्धित निकायले दरिलो पाइला नचाल्ने हो भने फेवाताल इतिहासको विषय वन्ने र पछिका पुस्ताले किवदन्ती का रुपमा सुन्न पर्ने अवस्था नआउला भन्न सकिदैन ।
फेवातालका विषयमा विभिन्न समयमा आयोग वा समितिहरु बने । यसको नाममा अनुसन्धान गर्न भनेर राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा स्थापीत दातृ संस्थावाट रकम ल्याएर अनुसन्धान संस्थाहरु वने तर ती समिति वा आयोगले र अनुसन्धान सस्थावाट के कस्ता काम भए त्यो सर्वसाधारणले वुझने गरी प्रकाशमा आएनन् ।
फेवातालको गम्भरि समस्या भनेको जग्गाको अतिक्रमण हो । २०१८ साल सम्म १० वर्ग कि.मी मा रहेको फेवातालको सेरेफेरो २०६४ मा नाप जाँच गर्दा जम्मा ४.२० वर्ग कि.मी मा सिमित हुन पुगेको तथ्यहरु सार्वजनिक भइरहेका छन् । यस्तैगरी २०५७ साल सम्म २२ हजार रोपनी जग्गा फेवाताल क्षेत्रको रुपमा कायम रहेको मा हाल करिव १० हजार रोपनि मात्र कायम रहेको र १२ हजार रोपनि व्यक्तिका नाममा दर्ता भै भोगचलन गरिरहेका तथ्यहरु पनि सार्वजनिक भएका छन् । यस्तै गरी २०३१ सालमा ३३ मिटर गहिराइ रहेको फेवाताल २०६४ मा १८ मिटर मात्र रहेको छ । नदी, कुलो, ढल आदीवाट वगेर आएका ढुङ्गा गिटी वालुवा मात्र नभएर ढलले वगाएर ल्याएका फोहोरजन्य वस्तुहरुले पनि फेवाताल पुरिदै गएको आस्था छ । यसरी पुरीदै जाने हो भने १०० वर्ष भित्र फेवाताल रहने छैन भन्ने कुरा अनुसन्धानले बताएको छ ।
तत्कालीन पोखरा उपत्यका नगर विकास समितिका अध्यक्ष विश्व प्रकास लामिछानेको संयोजकत्वमा फेवातालको जग्गा अतिक्रमण सम्बन्धि छानविन गर्न समिति वनाएकोमा सो समितिले गहिरो रुपमा खोजतलासी गरी यथार्थ प्रतिवेदन २०६९ सालमा सरकार समक्ष प्रतिवेदन प्रस्तुत गरेकोमा हालसम्म पनि प्रतिवेदन उपर कुनै कारवाही नभएको अवस्थामा हालै सर्वोच्च अदालतको न्याधीस द्वय ओम प्रकाश मिश्र र सपना प्रधान मल्लको संयुक्त इजलासले ऐतिहासिक फैसला गरेको व्यहोरा सार्वजनिक भएको छ । सो फैसला अनुसार फेवातालको क्षेत्र १२८७४ रोपनी कायम हुनुपर्ने, फेवातालको किनार वाट ६५ मिटर भित्र वनेका होटल, रेष्टुरा वा अन्य टहराहरु १ वर्ष भित्र हटाईसक्नु पर्ने तथा व्याक्तिका नाममा दर्ता भएका अतिक्रमणमा परेका जग्गाहरु फेवाताल क्षेत्रको नाममा दर्ता गर्न आदेश दिएको छ। लामिछाने समितिले अतिक्रमणमा परेका जग्गा का कित्ताहरु र अतिक्रमण गरी भोगचलन गर्ने व्यक्तिहरुको नामावली समेत प्रतिवेदनमा उल्लेख गरिएको भएतापनि सरकारको निस्क्रियतको कारण प्रभावकारी कार्य हुन सकेन । हाल सर्वोच्च अदालतले महत्वपुर्ण फैसला गरेकाले त्यसलाई आलटाल नगरी कार्यन्वयन गर्न प्रथमत केन्द्र सरकारले पहल गर्न पर्ने र त्यसमा प्रादेशीक सरकार, महानगरपालीका, मालपोत कार्यलय लगायतमा सम्बन्धित निकायहरुले आ–आनो जिम्मेवारी स्विकार गरी यथासिद्ध कार्यन्वयनमा लाग्नु पर्ने हुन्छ । अतिक्रमित जग्गा अतिक्रमण गर्ने व्यक्तिहरुले पनि खुसिका साथ र्फिता गरे सुनमा सुगन्ध हुने कुरामा विवाद छैन । अतः यस विषयमा सरकारले पहल गर्नु पर्ने हुन्छ र मुकदर्शक भएर वस्नु हुदैन ।

E-Mail: vishnushrestha68@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *