कला /सस्कृति मनोरन्जन

‘गोपी’को सन्देशः ‘परिश्रम गर, हरेश नखाउ’

शुक्रबारदेखि रिलिज हुन लागेको चलचित्र ‘गोपी’को विशेष शो दोश्रो पटक काठमाण्डौमा आयोजना गरिएको छ । काठमाण्डौको बीग मुभिजमा आयोजित विशेष शोमा कृषीमन्त्री चक्रपाणी खनाल, नेपाल उद्योग बाणिज्य महासंघकी अध्यक्ष भवानी राणा लगायत पुगेका थिए । पत्रकार र कर्पोरेटका लागि आयोजित विशेष शोमा उपस्थित अतिथीहरुले चलचित्रको बिषयवस्तुको प्रशंसा गरेका थिए ।

चलचित्रलाई दिपेन्द्र लामाले निर्देशन गरेका हुन् । चलचित्रमा विपिन कार्की, सुरक्षा पन्त र बर्षा राउत, अंकित खड्काको मुख्य भूमिका छ । सामिप्यराज तिमिल्सिनाको लेखनमा तयार भएको चलचित्रले परिश्रम गरे, असफलतामा हरेश नखाउ भन्ने कथालाई उठान गरेको छ ।
चलचित्रले स्नातकोत्तर अध्ययन गरेर गोल्ड मेडल जितेपनि नेपालमै बसेर गाइपालन गर्ने एक यूवकको कथालाई उठान गरेको छ । चलचित्र हेरेका अधिकांश व्यवसायीहरुले यसको कथावस्तु र उठान गरेको बिषयलाई रुचाएका छन् ।
चलचित्र ‘गोपी’मा विपिन गाइपालक कृषकको भूमिकामा देखिएका छन् भने उनलाई सुरक्षा र बर्षाले प्रेमिकाको रुपमा साथ दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *