कला /सस्कृति मनोरन्जन विचार/विविध समाज

पाँच महाकल्प पर्व– तिहार

नेपालीका लागि तिहार दशै पछिको सबैभन्दा ठुलो चाड मानिन्छ । दशै राजसिक एवं तामसिक प्रकृतिको पर्व मानिन्छ भने दीपावली एवं तिहार विशुध्द रुपमा सात्विक प्रकारको पर्व हो ।
यो पर्वलाइ प्रकाशको पर्व पनि मनाइन्छ र यो पर्व उत्सव मात्र नभई महाकल्प पनि मानिन्छ । यस पर्र्वमा घरको वातावरण सफा सुग्घर एवं मनमोहक हुन्छ र धन धान्यकी देवी महालक्ष्मीको गृहमा आहवान् गरिन्छ । यतिमात्र नभई दाजुभाइ एवं दिदिवहिनी विचको आत्मीक प्रेम एवं सदभावना वढाउने पर्वको रुपमा पनि लिइन्छ।
दिपावलि तथा तिहार ५ दिन सम्म मनाइन्छ । यो पर्व धनत्रयोदशी वाट शुरु भएर यम द्धितियाको दिन समाप्त हुन्छ । तिहारमा मानाइने यी ५ दिन विशेष महत्वका रहेका छन । यी पाँच दिनका महत्वको बारेमा भनिएको छ कि–
१) हरेक वर्षको कार्तिक कृष्ण पक्ष्को त्रयोदशी वाट तिहार शुरु हुन्छ । यस दिनलाई धन त्रयोदशी पनि भनिन्छ र कागतिहारका रुपमा पनि मान्य गरिएको छ । समुन्द्र मन्थनबाट यसै दिनमा भगवान् धन्वन्तरीको आविरभाव भएको थियो । आयुर्वेद का जनकका रुपमा भगवान धन्वन्तरीलाइ उपासना गर्ने गरिएको छ । यस त्रयोदशी लाई धन त्रयोदशी नामाकरण गर्नुमा एक कारण मानिएको छ । परापुर्वकालमा हिम नाममा एक राजा थिए । कालान्तरमा उनलाई पुत्रलाभ भयो । पुुत्र प्राप्ती पछि ज्योतिषिले भने कि राजकुमारको विवाह १६ वर्षको उमेरमा हुनेछ र विवाह भएको ४ दिन पछि सर्प दंशबाट उनको मृत्यु हुनेछ । विस्तरै यस कुराको जानकारी सवैलाई भयो र कुनै पनि कन्याले राजकुमार सँग विवाह गर्न तयार भएनन् । तर एकजना कन्या तयार भइन र भनिन्कि आनो साधनाबाट तोकीएको दिनमा राजकुमारको मृत्यु हुन दिने छैन । विवाह भएको चौथो दिन कार्तिक कृष्ण पक्ष त्रयोदशी थियो । उनले दरबारका हरेक कोठा दरबार परिसर भ्mयाल ढोका सफा गर्न लगाइन् र दरबारको हरेक भ्mयाल ढोका परिसरमा लिपावली गर्न लागाई त्यसपछि दरबारको मुल ढोका र ढोकाहरुमा आना गरगहना सुनचाँदी लगेर सजाएर उज्यालो छायो । यमराज सर्प वनेर आएका थिए । उनलाई दरवारभित्र पस्न अध्याँरो बाटो चाहिन्थ्यो । दिपावली र गहनाका कारण जताततै उज्यालो भएकाले सर्प भित्र पस्न नसकेकोले राजकुमारको ज्यान बच्यो र उनी दीर्घजीवी भए । त्यसकारण धन त्रयोदशीमा गहनाको पुजा गर्ने र खरीद गर्ने प्रचलन भएको हो । साथै नारी शक्तिबाट ठुलो सँकट निराकरण हुन्छ भन्न खोजीएको हो ।
२) तिहारको दोस्रो दिनलाई रुप चतुर्दशी को रुपमा पनि मनाइन्छ । यमराजको दुतका रुपमा कुकुरलाई पुज्ने चलन पनि छ । यस दिनलाई नरक चतुर्दशी पनि भनिन्छ । नरक चतुर्दशी भनिनुका कारण के हो भने परापुर्वकालमा नरकासुर नाममा एक राजा थिए उलाई भगवान् शिववाट कुनै पनि पुरुषबाट उनको हत्या हुन नसक्ने वरदान प्राप्त गरेका थिए । त्यस वरदानबाट उनी शक्तिशाली भए र पृथ्वी भरी एकल साम्राज्य मात्र स्थापना गरेनन् कि स्वर्गमा पनि आक्रमण गरी आदिपत्य जमाई, इन्द्रको क्षत्र इन्द्रणीको कुण्डल पनि हरण गरे र इन्द्र लुकेर बस्नुपर्ने अवस्था आयो । भगवान् कृष्णका पटरानी सत्यभामा इन्द्रानीकी वहिनी थिइन । दिदि भिनाजु प्रति भएको अन्याय उनले सहन सकिनन् र भगवान कृष्णलाई सारथी बनाएर तिनी नरकारसुर सँग युद्ध गर्न गइन । अन्तत नरकारसुर को शिरोच्छेदन गरिन । यसवाट स्वर्गका देवता एवं अप्सराहरुमा खुसी छायो । सो खुसी मनाउने क्रममा देवता तथा अप्सराहरुपनि विभिन्न सौन्दर्य प्रसाधन वाट सिंगारिएर नृत्य उत्सव गरे । साथै भगवान् कृष्णलाई आनो घर आँगनमा स्वगत गर्ने पर्वका रुपमा पनि यस दिनलाई लिइन्छ । तान्त्रीक दृष्टिले पनि यो दिन महत्वपुर्ण मानिन्छ ।


३) तिहारको तेस्रो दिनलाई लक्ष्मी पुजाका रुपमा उपासना गर्ने गरिन्छ । यसै दिनमा गौमाता लाई लक्ष्मीको प्रतिकका रुपमा पुजा गर्ने प्रचलन पनि छ ।
मानिसको जीवन सुखमय हुनका लागि ३ वटा शक्ति वा तत्व हुनु आवश्यकता पर्दछ । ती ३ शक्ति हुन शक्ति, विद्या (ज्ञान) र ऐश्वर्य (धन धान्य) । महाकालीलाई शक्तिको प्रतिक मानिन्छ । भने विद्या वा ज्ञान महासरस्वती वाट प्राप्त हुन्छ। त्यस्तैगरी ऐश्वर्य वा धनधान्य महालक्ष्मी वाट प्राप्त हुन्छ । त्यसकारण महालक्ष्मी लाई खुशी पार्न यस दिन लक्ष्मीलाइ भक्ति पुर्वक उपासना गर्ने गरिन्छ । जहाँ अन्धकार हुन्छ, जहाँ फोहोर मैला हुन्छ , जहाँ बढी झैझगडा हुन्छ, जहाँ पाप कर्म हुन्छ त्यस ठाउँमा लक्ष्मी को वास नहुने भएकाले यस दिन सकेसम्म घर भित्र र घर वाहिर सफा सुघर राख्ने गरिन्छ र लक्ष्मीको प्रवेशहोला भनेर दीपावली गरिन्छ । समुन्द्र मन्थन गर्दा क्षीर सागर वाट माता लक्ष्मीको प्रार्दुभाव यसै दिन भएको थियो ।


लक्ष्मीलाई अस्ट स्वरुपमा पनि मान्ने गरिएको छ। यी स्वरुप हुन– धान्य लक्ष्मी, धैर्य आदि लक्ष्मी, आदी लक्ष्मी, गज लक्ष्मी, सन्तान लक्ष्मी विजया लक्ष्मी, विद्याल लक्ष्मी र धन लक्ष्मी ।
सुनचाँदिका गहनालाई लक्ष्मीको प्रतिक मानि पुजा गरिन्छ । त्यस्तैगरी श्री यन्त्र लाई लक्ष्मी स्वरुप मानेर पुजा गर्ने पद्धति छ यसै रातमा श्री सुक्त, लक्ष्मी सुक्त, कनक धारा सुक्त को पाठ पनि गरिन्छ । माता लक्ष्मीको उपासना रातको समयमा गरिने भएकाले कतिपय उपासक रातभरी वत्ति वालि जाग्राम वस्छन् ।
४) तिहारको चौथो दिन पनि विभिन्न दृष्टिकोणले महत्वपुर्ण मानिएको छ । यसै दिन देखि नेपाल संवत अमुहार नयाँ वर्ष शुरु हुन्छ । नेवार समुदायमा यस दिनको वेलुका “म्ह पुजा” गर्ने प्रचलन छ । पुजामा परीवारमा हरेक सदस्यको पुजा हुन्छ । यस उपलक्ष्यमा तान्त्रीक विधि मण्डप वनाई सुख शान्ती र समृद्धी को कामना गरी मण्डपमा पुजा गरिन्छ । सो उपलक्ष्यमा भोज खाने पनि चलन छ ।
तिहारको चौथो दिनमा गोवर्धन पुजा गर्र्ने पनि प्रचलन छ । भगवान् कृष्णले वृन्दाव स्थिति गोवर्धन पर्वतमा यसै दिन पुजा गरी ५६ भोग प्रसाद अर्पण गर्नु भएको थिया । सोहि दिनको सम्झनामा अहिले पनि घर घरमा गोवारले गोवर्धन पर्वत वनाई पुजा गर्ने प्रचलन छ ।
५) तिहारको पाँचौ तथा अन्तिम दिनलाई भाइ टिका भनिन्छ । यस पर्वमा शुभ साइतमा दिदी वहिनीले दाजु भाइलाई सप्तरंगी टिका लगाई विभिन्न जातका फुलबाट बनेका माला लगाई दिन्छन् र सुस्वास्थ्य र दीर्घायु को कामना गर्दछन् । यसै गरी दाजुभाईले दिदी वहिनीलाई टिका लगाई उपहार र दक्षिणा प्रदान गर्दछन् यसै दिनमा वहीनी यमुनाले दाजु यमराजलाई पुजा गरी खुुसी तुल्याएकी थिइन् भन्ने कथा समेत छ ।


धन त्रयोदशी वाट शुद्ध भएको पुजा पनि यसै दिन समाप्त गरिन्छ ।
तिहार पर्वलाई महाकल्पका रुपमा लिइन्छ । यस अवधिमा विभिन्न पर्व एवं कल्पहरु पर्दछन यस अवधिमा भगवान धन्वतरी तथा माता ,लक्ष्मीको प्रादुर्भाव भएको थियो । नेपाल सम्वतको प्र्रारम्भ देखी यमराज र यमुनाको भेटघाट एवं सम्वाद भएको थियो । यसरी धेरै पर्व मिसिएर आएको यो पर्व ज्यादै महत्वपुर्ण मानिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *