खेलकुद

नेपाल फेरि पनि उपविजेतामै सीमित

२२ असोज, । साफ यु–१८ महिला च्याम्पियनसिप फुटबलमा नेपाल उपविजेतामै सीमित भएको छ ।

आइतबार राति भएको फाइनलमा नेपाल बंगलादेशसँग १–० गोलले स्तब्ध भएको हो । भुटानको थिम्पुस्थित चाङलिमिथाङ मैदानमा नेपालले राम्रो प्रदर्शन गरेपनि बंगलादेशलाई रोक्न भने सकेन ।

बंगलादेशका लागि मासुरा प्रभिनले गरेको गोल नै निर्णायक सावित बन्यो । पहिलो हाफमा दुबै टिमले गोलरहित बराबरी खेलेका थिए । तर दोस्रो हाफमा नेपालले गोल खान पुग्यो । खेलको ४९ औं मिनेटमा प्रभिनले गोल गरेकी थिइन् ।

यसअघि भएको समूह चरणको खेलमा पनि नेपाल बंगलादेशसँग २–१ गोलले पराजित भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *