कला /सस्कृति समाचार समाज

प्राविधिक शिक्षालय बनाउन महिमा मावि चिसापानी स्याङ्गजामा महायज्ञ हुने

असोज १४ । महिमा माध्यामिक विद्यालय हरिनास २ मग्याम चिसापानी स्याङ्गजामा बहुमुखी क्याम्पस एवं प्राविधिक शिक्षालय स्थापना र शैक्षिक विकासका लागि श्रीमद भागवत सप्ताह ज्ञान महायज्ञ हुने भएको छ ।

स्याङ्गजा जिल्लाको दक्षिण पुर्वी भागमा रहेको ऐतिहासिक महत्व बोकेको जिल्लाकै निकै आर्कषक र मनोरम चिसापानी फाटमा रहेको यो विद्यालयलाई जिल्लाकै नमुना र शैक्षिक विकासको मुख्य केन्द्रका रुपमा विकास गर्न कार्तिक ५ देखी १२ गते सम्म महायज्ञको आयोजना गर्न लागिएको प्रचार प्रसार समितिका संयोजक प्रकाश पाध्यले बताउनु भयो ।

शिक्षा, संस्कृति र पर्यटनका लागि विगत देखिनै छुट्टै छाप छाड्न सफल प्राकृतिक मनोरम स्थल मग्याम चिसापानी फाटमा रहेको विद्यालयमा बाचन प्रवीण पण्डित दिनबन्धु पोखरेलको मुखार बिन्दुबाट कथा प्रवचन हुने र प्राविधिक शिक्षालयका संकल्प कर्ता धुवंशरण बस्यालद्धारा संगीतमय कथा बाचन हुने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा महायज्ञ मुल समाहरोह समितिका संयोजक नरनाथ लम्सालले बताउनु भयो ।

प्रदेशमा प्राविधिक विश्वबिद्यालयको परिकल्पना, स्वदेशमा नै स्वरोजगारको प्रचुर सम्भावना, आत्म निर्भर नेपाल राष्टको सृजना, स्वाभिमानी नेपालीपनमा हार्दिक एकताको कामना भन्ने मुल मन्त्रका साथ महायज्ञको आयोजना गरेको महायज्ञ मुल समाहरोह समितिका निर्देशक एवं वडा नम्वर २ का अध्यक्ष परशुराम सिग्देलले बताउनु भयो ।

महायज्ञलाई भब्य र सब्य ढंगबाट सम्पन्न गर्न सहयोग गर्न उहाले सबैलाई आग्रह गर्नु भएको छ । महिमा माविमा अध्यान गरेर देशको निति निमार्णको तहमा पुगिसकेका धेरै अग्रजह , बिदेश तथा स्वदेशमा रोजगार गर्नु हुर्ने आफनो .व्यवसाय गर्दै देशका बिभिन्न ठाउमा बस्नुहुने सबै मान्यबर तथा पूर्व विद्यार्थीहरुलाई विद्यालयको शैक्षिक विकासका लागी आयोजित महायज्ञमा सक्दो तन मन र धनले सहयोग गर्न सबैमा आग्रह गरीरहेको विद्यालयका शिक्षक तथा महायज्ञ मुल समाहरोह समितिका महासचिव राजु सिग्देलले बताउनु भयो ।

आफना छोराछोरीलाई गाउमै प्राविधिक शिक्षा पढाउने हरिनास गाउपालिका बासीको तीब्र चाहाना भएकाले समग्र समुदाय र जिल्ला बासीकै चाहाना पुरा गर्न महायज्ञ आयोजना गरिएको सिग्देलले बताउनु भयो ।

महायज्ञबाट १ करोड बढी रकम संकलन गर्ने लक्ष्य भएकाले देशको जुनसुकै कुनामा भएपनि महायज्ञ अवधिमा सहभागी भई आर्थिक दान गरी आफनो गाउ र ठाउको बिद्यालयको स्तर बिकासमा सहयोग गर्न उहाको आग्रह छ । महायज्ञको निमन्त्रणा दिदै आयोजक टिम देश दौडाहामा निस्किएको छ ।

चितवन र नवलपुर सहित पश्चिमका जिल्लामा प्रचार प्रसार समितिका संयोजक प्राकाश पाध्याएको नेतृत्वमा लेखनाथ सिग्देल, चित्रबहादुर गुरुगं, पदम बहादुर अर्यालको टोली प्रचार प्रसारमा जुटेको छ भने अन्य टिम अन्य क्षेत्रमा प्रचारमा लागेको छ । महान र पवित्र कार्यमा सहयोग गरी पुण्य कमाउन सबैमा आग्रह छ ।

यस विद्यालयको ईतिहास हेर्दा स्व.प.कालिदास लम्सालको अगुवाईमा २००४ सालमा गुरुकुल शिक्षा, स्व.नयनदत्त सिग्देलको नेतृत्वमा २००९मा भाषा पाठशाला, २०१९ मा नव प्रभात प्रा.वि, स्व. श्री प्रसाद गुरुगं,स्व.मेगबहादुर थापा, खेमानन्द लम्साल लगाएतका शिक्षा प्रेमीको नेतृत्वमा २०२५मा महिमा नि.मा.वि हुदै धनन्जय सिग्देलको अगुवाईमा २०३८मा महिमा मा.वि र परशुराम भण्डारीको अगुवाईमा २०६६ साल देखि उच्च मावि सन्चालनमा रहेको बताईन्छ हाल यस विद्यालयमा ६०० बढि विद्यार्थीहरु निरन्तर रुपमा अध्यान गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *