BREAKING NEWS प्रदेस न ४ 'समाचार समाचार समाज

पोखराको पुम्दीभुम्दीमा हिजोदेखि हराएकी बालिका मृतअवस्थामा फेला

पोखरा, असोज ९ ।
पोखरा महानगरपालिका वडा नम्बर २२ भुम्दीभुम्दीमा बालिका मृत अवस्थामा भेटिएकी छिन् । सोमबार अपरान्ह साढे ५ बजे सम्पर्कहिीन भएकी १० वर्षीया बालिका श्रीया बिकको शव भोलिपल्ट भेटिएको हो ।

आज बिहान उनको शव कोदी स्थित घर नजिकै भेटिएको स्थानीयले बताएका छन् । वडा प्रहरी कार्यालय बैदामबाट प्रहरी टोली त्यसतर्फ अहिले गइरहेको छ ।

कार्यालय प्रमुख डिएसपी नविन कार्कीले आफूहरु घटनास्थल तर्फ जाँदै गरेको जानकारी दिए । ‘हामी पुम्दीभुम्दीतर्फ जाँदैछौं । के भएको हो ? त्यसपछि मात्र थाहा हुन्छ ।’ डिएसपी कार्कीले भने । विद्यालयबाट फर्कने क्रममा बेपत्ता भएको र आज शव भेटिएको जानकारी आएको उनले जनाए ।

घटनाबारे थप विवरण आउन बाँकी ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *