कला /सस्कृति विचार/विविध समाचार समाज

पितृ श्राद्ध किन गर्ने ? श्राद्ध नगर्दा के हुन्छ ?

पितृ पक्ष (सोह्र श्राद्ध) को अवसरमा

लेखकः विष्णु प्रसाद श्रेष्ठ

श्राद्ध शब्दको उत्पत्ति श्रद्धा बाट भएको हो । देश काल तथा पात्रको विचार गरेर विधिपुर्वक जौ, तिल कुश आदीद्धारा मन्त्रसहित हविष्य विधि द्धारा पितृका लागि गरिने कर्म नै श्राद्ध हो । यसै सन्दर्भमा महर्षि वृहस्पतिको भनाई छ कि पितृको खुसीका लागी दुध, घ्यू र महको साथ ब्रहमणलाइ भोजन दान दिने कर्म नै श्राद्ध हो । अर्थात याहाँ के भन्न खोजिएको छ भने मंत्रोच्चारण पुर्व जौ, तिला, कुश पुर्वक गरिने कर्म श्राद्ध हो भने श्राद्धमा मिठो सात्वीक भोजन पकाइ मह, घ्यू र दुधका साथ ब्राहमणलाई श्राद्धमा दान दिनु पर्छ वा ब्राहमण लाइ भोजन गराउनु पर्छ । यहाँ ब्रहमण भन्नाले आप्mनो धर्मनुकुल आचार व्यवहार र साधना गर्ने बाहुन भनिएको हो ।
नित्य, नैमित्तिक, काम्य, वृद्धि तथा पार्वण गरी खासगरी ५ किसिमको श्राद्ध बताइएको छ । भविष्यपराणमा १२ प्रकारको श्राद्धको वर्णन गरिएको छ । तर हाम्रो व्यवहारमा २ वटा श्राद्धाले वढी महत्व पाएको छ ।
क) पार्वण श्राद्ध
ख) पितृ पक्षमा गरिने श्राद्ध (सोह्र श्राद्ध)
क) पार्वण श्राद्ध
पार्वण श्राद्ध आप्mनो पितृको मृत्यु महिना र तिथीमा गरिने श्राद्ध हो। हरेक वर्षमा आप्mनो माता तथा पिताको देहान्त भएको महिना पक्ष र तिथीका दिनमा गरिने श्राद्ध लाइ पार्वण श्राद्ध भनिन्छ । यदी त्यस दिन कुनै कारणले गर्न नसकिएमा औंसिका दिने गरिने श्राद्धलाइ पनि पार्वण श्राद्ध भनिन्छ ।
यहाँ यो कुरा जान्न आवश्यक छ कि हाम्रो १ वर्ष पितृको १ दिन हुन्छ । त्यसकारण हरेक वर्ष हामिले गर्ने पार्वण श्राद्ध ले गर्दा पितृलोकमा रहेका पितृले हरेक दिन भोजन प्राप्त गर्छन् ।
२) षोडस (सोह्र) श्राद्ध
हरेक वर्ष आश्वीन महिनाको कृष्ण पक्षलाइ पितृपक्ष भनिन्छ । त्यस पक्षमा आप्mनो पितृको मृत्यु तिथीमा गरिने श्राद्ध नै सोह्र श्राद्ध हो ।
नवदुर्गामा भगवतीको उपासना गरिन्छ, शिवरात्रीमा भगवान शिवको, रामनवमीमा भगवान रामको उपासना गरिन्छ । त्यस्तै गरी आश्वीन महिनाको पितृ पक्षमा पितृहरुको उपासना गरिन्छ । पार्वण श्राद्ध पितृलाई भोजन उपलब्ध गराउने गरिन्छ भने पितृ पक्षमा गरिने श्राद्ध पितृ भक्तिको लागी अर्थात पितालाई खुसी तुल्याउन हो । पितृ पक्षमा गरिएको श्राद्धले पितृजन खुसी हुन्छन र पितृले आयु आरोग्य पुत्र र ऐश्वर्य प्राप्त होस् भनि आर्शिवाद दिन्छन् ।
पितृगण हरेक वर्ष पितृ पक्षको प्रतिक्षामा हुन्छन। के पनि भनिन्छ भने पितृगण आप्mनो सन्तानको निवास वरपर घुमिरहेका हुन्छन् । त्यस वेला श्राद्ध गरी ब्राहमण भोजन गराएमा पितृ खुशी हुन्छ र आर्शिवाद दिन्छ । तर यदी आप्mना सन्तानले त्यस पक्षमा श्राद्ध नगरेमा पितृ निरास हुन्छन् कठोर श्राप दिएर पितृलोकमा फर्केर जान्छन् भनेर महर्षि जावलिले भनेका छन् ।
हाम्रा धर्म शस्त्रहरुमा उल्लेख छ कि अन्य लोक झै पितृहरुका लागी पितृ लोक को व्यावस्था छ । पितृलोक मा रहेका पितृहरुले हाम्रा सन्तानहरुको हरेक गतिविधिलाइ र संस्कारको अवलोकन गरिरहेका हुन्छन् । यतिमात्र नभई सन्तानको पात्रता, उनका कर्म र गतिविधि अनुसार आर्शिवाद र श्राप दिने गर्दछन् । त्यसैले भनिन्छ कि देवताले दिएपनि पितृ वेखुसी भए पितृले हरण गर्न सक्छन ।
विष्णु पुराण, गरुड पुराण, कुर्म पुराण आदी ग्रन्थमा श्राद्धको महत्वको विषयलाइ लिएर प्रकाश पारिएको छ । गरुड पुराणमा उल्लेख भए अनुसार जसले एकाग्र भएर श्रद्धा पुर्वक पितृका लागी श्राद्ध गर्छ भने पितृ कुलको र मातृ कुलका पितृहरुले आयु पुत्र स्र्वग कृति वैभव धन धान्य प्रदान गर्दछ । यस्तैगरी कुर्मप्रराणमा उल्लेख भए अनुसार श्राद्ध गरेमा समस्त पापबाट मुक्त भएर जन्म मरणको चक्रबाट मुक्त हुन्छन् ब्रहम पुराणका अनुसार घरमा अन्य वस्तु नभएमा साग द्धरा भएपनी पितृका लागी श्राद्ध गरेमा पितृ खुसी हुन्छन् र आर्शिवाद दिन्छन् । श्राद्ध बाट पितृमात्र खुसी हुने होइन अपितु ब्रहमा, इन्द्र, रुद्र, सुयर्, अग्नी, ऋषी सबै तृप्त हुन्छन भनेर विष्णु पुराणमा वर्णन गरिएको छ । जो मनुस्य वर्षमा १ दिन भए पनि पितृका लागी श्राद्ध गर्छ भने पितृगण वर्षभरी सन्तुष्ट हुन्छन् । देवल स्मृति ग्रन्थमा उल्लेख भए अनुसार श्राद्ध गरेमा श्राद्धकर्ता निरोगी दिर्घायु ऐश्वर्यवान् हुन्छन् र लक्ष्मी खुसी हुन्छीन् ।
यहाँनेर के विर्सनु हुदैन भने अजभोली हामीले कसैको मृत्यु भएको मितिमा विभिन्न कार्यक्रमको आयोजना गरी जयन्ती मनाएझै विधिपुर्वक मंत्रोच्चारण सहित गरिएको दिवंगत अत्मालाई संझेर गरिने कर्म नै श्राद्ध हो । हामीलाइ जन्मउने र हुर्काउने माता पिताको संझनामा कम्तीमा वर्षमा १ पटक स्मरण गरी श्राद्ध गर्नु हाम्रो कर्तव्य हो । कतिपय व्याक्तिहरु भन्ने गर्दछन् हामीले दिएको खाना र पिण्ड पितृले कसरी पाउँछन, यो त अन्ध विश्वास मात्र हो । फेरी कतिपय व्याक्तिहरु तर्क गर्ने गर्दछन् कि पुनर्जन्म को सिद्धान्त अनुसार मृत्यु पछि आत्माले अर्को शरीर धारण गर्छ । अर्को शरीर धारण गर्नु पर्दा मनुष्य पशुपंक्षी वा किरा आदी प्रजातीमा पनि जन्मेको हुन सक्छ । यस अवस्थामा हामीले दिएको पिण्ड र खाना ती पितृले कसरी प्राप्त गर्छन त भन्ने पनि प्रश्न उठने गर्छ ।
यस प्रश्नका सम्बन्धमा के भनिन्छ भने जसरी हामीले चिठी लेखेर खाममा ठिक दुरुस्त ठेगाना लेखेर हुलाकी बाकसमा राख्यो भने त्यो व्याक्ति जहाँ भए पनि त्यस व्याक्तिले चिठी पाउँछ । त्यसरी नै श्राद्ध गर्दा स्पष्ट शुद्ध सँग पितृको राशी नाम गोत्र उच्चारण गरी पिण्ड दान गरेमा सुक्ष्म रुपमा त्यो पिण्ड पितृले पाउँछ । श्राद्ध गर्दा उ मनुष्य पशु पंक्षी आदी जुनसुकै योनीमा जन्म भएको भए तापनि त्यस योनीले खाने खानाका रुपमा अप्रत्यक्ष रुपमा ती पितृले प्राप्त गर्छन् । गाई भैंसी आदी पशु भए घाँसका रुपमा प्राप्त गर्छन् भने मंसाहारी पशु भए मासुका रुपमा प्राप्त गर्दछन् । श्राद्धमा अर्पण गरिएको पिण्ड दान भोजन पदार्थ सुक्ष्म अंस सुक्ष्म रश्मी द्धारा पितृहरुलाइ प्राप्त हुन्छ भनी शास्त्रमा उल्लेख गरिएको छ ।
हरेक धर्म र सम्प्रदायमा आप्mना दिवंगत माता पिता एवं पितृहरुलाइ सम्मान गर्ने र स्मरण गर्ने विधि विधान र परम्परा हुन्छ । हाम्रो देशमा पनि विभिन्न जातजाती र धर्मालम्बीले आप्mनो आप्mनो ढंगले पितृका स्मरण गरि राखेका हुुन्छ । कसैले पनि कुनै एक निश्चित विधि मात्र निर्विकल्प विधि हो भनेर दावी गर्न मिल्दैन र सक्दैन पनि । यहाँ मुख्य कुरा के हो भने दिवांगत पितृ जुन धर्म र संस्कार मा जन्म्यो हुर्कीयो र दिवांगत भयो उसलाइ त्यही पद्धतिबाट काज क्रिया आदी अन्तीम संस्कार गर्नु पर्ने हुन्छ र काज क्रिया पछि गरिने श्राद्ध आदी संस्कारहरु गर्नु पर्ने हुन्छ । यदी यसरी पर्व पर्वमा श्राद्ध कर्म गरिएन भने मृत आत्माले दुःख पाउँछ र उसले दुख पाएमा श्राप दिने सम्भावना हुन्छ । आजभोली अरुकै सरीरमा दिवांगत पितृको आत्माको आह्वान गर्ने चलन वढेको छ । यो चलन पश्चिमी राष्ट्रहरु देखी मुस्लीम राष्ट्रमा पनि छ । यसरी पितृ वोलाउँदा प्राय जसो पितृले दुःख पाएको कुरा वताउने गरेका छन् । यसरी हामीले शास्त्र र परम्परामाथी विश्वास नराखी शंका उपशंका गर्ने र केवल भौतिकवादी चिन्तन गर्दा आफुले पनि दुःख पाउने र दिवांगत पितृहरुले पनि दुःख पाउने सम्भावना हुन्छ । अतः श्राद्ध भक्तिपुर्वक आप्mनो आर्थिक क्षमता अनुसार श्राद्धब गर्न सके सबैको भलो हुन्छ । अहिले भौतिक वादा चिन्तनले गर्दा दिवांगत व्याक्तिको काज क्रिया नगर्ने र श्राद्ध पनि नगर्ने प्रवृत्ति बढ्दै गएको छ ।यसले गर्दा मृत आत्माले प्रेत भएर दुःख पाउँछन र आफुले दुःख पाएपछि आप्mना परिवारजन लाइ पनि दुःख दिने गर्दछन् भन्ने भनाई छ । त्यसैले हामिले पितृको सम्मान गरौ । अस्तु

Email: vishnushrestha@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *