मनोरन्जन समाचार

पहिलो डेटमै पुलिसको फन्दामा (बल्छी धुर्बे ) (भिडियो)

चर्चित हाँस्यकलाकार मरिचमान श्रेष्ठ (बल्छी धुर्बे) हालै विवाह बन्धनमा बानिएका छन् । विगत लामो समयदेखि हाँस्य टेलिसिरियल (मेरी बास्सै) मा काम गर्दै आएका मरिचमान श्रेष्ठ अहिले पनि सोहि टेलिसिरियलमा व्यस्त छन् ।

बल्छिले लमजुङ भोटेओडारकी करुणा खड्कासँग प्रेम बिवाह गरेका हुन् । विगत ६ बर्ष देखिको लामो प्रेमलाई बिवाहमा बदलेका हुन् ।शुक्रबार काठमाण्डौको म्हेपि मन्दिरमा परम्परा अनुसार बिवाह गरेका हुन् ।

बल्छिले आजभन्दा ६ बर्ष अघि सिताराम कट्टेलसँग लमजुङको एक कार्यक्रममा जाँदा करुणासँग चिनजान भएको बताए । ‘कार्यक्रमको सिलसिलामा धुर्मुस दाईसँग लमजुङ जाँदा करुणसँग परिचय भयो, पछि कुराकानी हुँदै जाँदा मायाप्रेममा परियो’, बल्छिले भने । करुणाले मनमिल्ने मान्छे पाएकोमा निकै खुसी भएको बताउँछिन् ।

फेवाटाम्सका लागि नवराज भण्डारीसँगको रमाइलो कुराकानीमा मरिचमान श्रेष्ठ भन्छन् “हाम्रो लभ बच्चै देखि परेको हो” ।

प्रपोज आए बाल दिन्न : बाल गायक प्रितम आचार्य (भिडियो)

पछिल्लो समयमा कला र क्षेत्रमा निकै विकास हुँदै आएको छ । प्राय सबै मानिसको रुचि नै कलाकार बन्ने भइसकैको छ । धेरै जसो मानिसको गायन क्षेत्रमा रुचि बढ्दै गएको पाईन्छ ।

साना बालबालिका देखि ठुला मानिसको पनि संगीत ढुकढुकी बनेको छ । ईन्टरनेटका कारण आफुले भनेजस्तो, चाहेजस्तो गीत सुन्न पाईन्छ ।

त्यस्तै पछिल्लो समय गायन क्षेत्रमा पाईला चाल्ने धेरै भेटिएका छन् । संगीतलाई नै आफ्नो भविष्य बनाउने पनि निकै भेटिएका छन् । संगीतलाई आफ्नो ढुकढुकी बनाएका कारण धेरै गायक सफल भएका छन् । ति मध्ये प्रितम आचार्य पनि एक हुन् । उनी गीत गाएर नै शुरशाला आइडलमा द्रोस्रो भएका थिए । सानै उमेरका भएपनि उनको स्वर निकै राम्रो छ । परिवारबाट धेरै हौसला पाएका प्रितम आचार्यको गायक बन्ने ठुलो सपना छ । फेवाटाइम्सका लागि नवराज भण्डारीसँग गरिएको कुराकानी हेर्नुहोस्..

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *