मनोरन्जन रोचक समाचार समाज

तेस्रो लिङ्गी’लाई ठमेलमा निषेध, पक्राउ परेकाहरु कपडा खोलेर नाङ्गो बसिदिने !

तेस्रो लिङ्गी’लाई पर्यटकीय नगरी ठमेल र दरबारमार्ग क्षेत्रमा राति घुमघाम गर्न निषेध गरिएको छ । रात्रिकालीन मनोरञ्जन गर्न आउने पर्यटक लुटिन थालेपछि तेस्रो लिङ्गीलाई निषेध गरिएको हो ।

ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष समिर गुरुङले ठमेलमा रमाइलो गर्न आउने पर्यटकको पर्स र सुनका गहना लुटिन थालेपछि अपराध नियन्त्रण गर्न स्थानीय प्रहरीसँगको सहकार्यमा रात्रिकालीन सुरक्षागस्तीको व्यवस्था गरिएको बताउनुभयो । ‘राति ९ नबज्दै सडकमा निर्लज्ज ढङ्गले रमिता देखाउने, पैसा चोर्ने र एक्लो– अर्को व्यक्तिलाई कुटपिट गरेर लुटपाट गर्न थालेपछि तेस्रो लिङ्गीलाई निषेध गरेका हौं, उहाँले स्पष्ट पार्नुभयो ।

दुई हप्ताअघिबाट यस्तो अभियान सञ्चालन गरेको जानकारी पनि उहाँले दिनुभयो । युवतीको भेषमा समूह बनाएर ठमेल र दरबारमार्ग आउने तेस्रो लिङ्गीले हप्तामा दुई/तीन दिन लुटपाट र पकेटमारी गर्ने गरेको महानगरीय प्रहरी वृत्त दरबारमार्गका प्रमुख दानबहादुर मल्लले जानकारी दिनुभयो ।

उहाँले दरबारमार्ग क्षेत्रमा तेस्रो लिङ्गीको समस्या निकै चुनौतीपूर्ण रहेको समेत बताउनुभयो । अपराधमा संलग्नलाई पक्राउ गरी हिरासतमा राखे कपडा खोलेर नाङ्गो बसिदिने भएकाले समस्या झन थपिएको प्रहरीको आरोप छ । ठमेल र दरबारमार्गका पर्यटन व्यवसायीसँग सहकार्य गरी तेस्रो लिङ्गीलाई सडकमा आउन नदिन राति नौ बजेदेखि १२ बजेसम्म गस्ती हुने गरेको छ । यतिबेला पर्यटक आगमनको ‘सिजन’ भएकाले पनि बाह्य पर्यटकको सुरक्षाका लागि गस्ती गर्नुपरेको परिषद्का अध्यक्ष गुरुङले बताउनुभयो । दरबारमार्ग प्रहरी वृत्तका प्रमुख मल्लले प्रत्येक दुई दिनमा तेस्रो लिङ्गीको संलग्नतामा पकेटमारी, लुटपाट र कुटपिट हुने गरेको बताउनुभयो ।

राजधानीका ठमेल, दरबारमार्ग, गोंगबु, नयाँ बसपार्क, महाराजगञ्ज, लाजिम्पाट, रत्नपार्क, सानेपालगायतका क्षेत्रमा तेस्रो लिङ्गीको समस्या छ । महानगरीय प्रहरीका अनुसार ठमेल, दरबारमार्ग, बसपार्क र सानेपाबाट स्थानीयले नै तेस्रो लिङ्गी लखेट्न अभियान सञ्चालन गरेका छन् ।ठमेल र दरवारमार्गक्षेत्रमा तेस्रो लिङ्गी नियन्त्रण गर्न एकजना प्रहरी सहायक निरीक्षकको कमाण्डमा स्थानीय पर्यटन ब्यवसायी सहितको सुरक्षागस्ती खटाइएको छ । त्यस्तैं, लुटिएको नगद तथा सामान निला हिरा समाजको समन्वयमा फिर्ता गराइ प्रहरीले पीडितलाई हस्तान्तरण फिर्ता समेत गर्ने गरेको छ । अपराधमा संलग्न तेस्रो लिङ्गीलाई कारवाही गरेपनि पुनः संलग्नता देखिन थालेपछि ‘लुट्ने भन्दा लुटिने’लाई सचेत गराउन थालेको वृत्त प्रमुख मल्लले बताउनुभयो ।

७९ वर्षीया आमालाई बलात्कार गर्ने युवक थुनामा

फलेवास, पर्वत। वाक्य नभएकी तथा अपांगता भएकी ७९ वर्षीया वृद्धा बलात्कारमा आरोपित युवा पुर्पक्षका लागि थुनामा परेका छन् । पर्वतको मोदी गाउँपालिका–१ का २० वर्षीय शंकर परियार पर्वत जिल्ला अदालतको आदेशमा मंगलबार थुनामा परेका हुन् ।

पर्वत जिल्ला अदालतका जिल्ला न्यायाधीश धु्रवप्रसाद सापकोटाको इजलासले मंगलबार परियारलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो । मुलुकी ऐनको ११८ दफा २ बमोजिम उनलाई पर्वत जिल्ला कारागारमा थुनामा पठाइएको छ । परियारलाई वैशाख ६ गते मोदी गाउँपालिका–३ देउराली गाउँमा घरमा बसिरहेको अवस्थामा ७९ वर्षीया अपांग वृद्धालाई बलात्कार गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको थियो । अनुसन्धान पछि प्रहरीले जबर्जस्ती करणीअन्तर्गत पर्वत जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।

गत वैशाख ६ गते दिउँसो ४ बजेको समयमा रक्सी सेवन गरेका परियारले घरमा कोही नभएको समयमा वृद्धालाई बलात्कार गरेपछि पीडितले आफन्तलाई जानकारी दिएकी थिइन् । बलात्कार अभियोगमा पक्राउ परेका परियारले आफूले मदिराको नशामा रहेको समयमा बलात्कार गरेको प्रहरीसँग स्वीकार गरेका थिए

प्रधानमन्त्री ओलीले आधा देश बेच्यो भारतलाई ,म काग्रेस पार्टी हु र जे मन लाग्छ त्यहि गर्ने ? भन्दै ओलीको कडा प्रतिक्रिया ,

प्रधानमन्त्री एवं नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओलीले अन्य तयारी बाँकी नरहेकाले चुनावमा गरिएको प्रतिबद्धताअनुसार निकट भविष्यमा नेकपा ९माओवादी केन्द्र सँग एकता हुने बताउनुभएको छ ।

युवा संघ नेपालको २८औँ स्थापना दिवसका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफूहरुको एकता भाँड्न खोज्नेहरुलाई जवाफ दिँदै कुनै पनि दिन एकता हुन सक्ने भएकाले त्यसको तयारीमा रहन आह्वान गर्नुभयो ।

उहाँले भन्नुभयो, “दुई पार्टीका नेताहरुलाई दुईतिर फर्केको तस्बीर राखेर गलत प्रचार गर्नेहरुलाई अहिले सन्तोष मान्न दिऊँ तर हामी दुई÷तीन दिनको समय राखेर एकताको मिति घोषणा गर्न सक्छौँ । पत्रकारहरु भोलि बालुवाटरमा हेर्न आए हुन्छ, त्यहाँ हामी एकताको तयारी गर्दैछौँ ।”

एकतापछि समृद्धि, सुशासन र राष्ट्रिय स्वाधीनताका लागि देशव्यापी अभियान सञ्चालन गरेर दुनियाँलाई देखाउने उद्घोष गर्दै प्रधानमन्त्री ओलीले चुनावी घोषणापत्रअनुसार समृद्धि र न्यायपूर्ण समाजअनुकूल संयुक्त नीति कार्यक्रम र बजेटको तयारीमा सरकार रहेको स्पष्ट गर्नुभयो ।

अबको तीन वर्षपछि नेपालले भारतलाई बिजुली बेच्ने स्थिति आउने ठोकुवा पनि उहाँले गर्नुभयो । सरकारले सुन तस्करी र यातायातमा एकाधिकार तोडेको उल्लेख गर्दै उहाँले भ्रष्टाचार, कालोबजारी, तस्करीको विरुद्ध अभियान छेड्न युवालाई आह्वान गर्नुभयो ।

प्रधानमन्त्री ओलीले आफ्नो भारत भ्रमण र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका अवसरमा आफूले नेपालको स्वाभिमानमा आँच आउने कुनै काम नगरेको बरु विगतमा भएका राष्ट्रहित विरोधी व्यवहारलाई सच्याएको दाबी गर्नुभयो ।

उहाँले भारतीय प्रधानमन्त्रीसँग विगतमा सरकार प्रमुखले ‘हजुर संविधान संशोधन गर्छु’ भनेर घुँडा टेकेको तर पछिल्लो समयमा मोदीले नेपालमा संविधान जारी भई निर्वाचन सम्पन्नपश्चात् नयाँ सरकार गठन भएकामा यसलाई स्वर्णिम समय भन्दै नेपालको प्राथमिकता र आवश्यकतामा सहयोग गर्छु भनेकाले नेपालको शिर झुक्यो कि भनेर भ्रममा नपर्न आग्रह गर्नुभयो ।

प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्रीको भ्रमणका समयमा प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु रावतले दिनुभएको अभिव्यक्ति गलत भएको र त्यो नेपाल सरकारको धारणा नभएको र हुन नसक्ने स्पष्ट पनि गर्नुभयो ।

नेकपा ९एमाले० का वरिष्ठ नेता झलनाथ खनालले आन्दोलनको चरण समाप्त भएकाले पुनः निर्माणको अभियानमा लाग्न युवाहरुलाई आग्रह गर्नुभयो ।

अर्का वरिष्ठ नेता माधवकुमार नेपालले छिट्टै पार्टी एकता गरेर समृद्धि र स्थायित्वको अभियान दिशामा मुलुकलाई लगिने बताउनुभयो ।

पार्टीका महासचिव एवं रक्षामन्त्री ईश्वर पोखरेलले युवाहरुमा सही विचार, विधि र नेतृत्वलाई मान्ने क्षमता हुनुपर्नेमा जोड दिनुभयो ।

संघका अध्यक्ष रमेश पौडेलले समृद्धि र सुशासनका लागि युवा अभियानको घोषणा गर्नुभयो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *