विश्व समाचार समाज

अब ६ ठाउँबाट स्मार्ट लाइसेन्स नवीकरण, घण्टौं धाउनु नपर्ने

काठमाडाैँ, जेठ 2 । यातायात व्यवस्था विभागले देशका ६ स्थानबाट सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) नवीकरण गर्ने भएको छ। लाइसेन्स नवीकरण गर्न सेवाग्राहीले घण्टौं धाउनुपर्ने बाध्यता हटाउन विभागले ६ स्थानबाट चालक सवारी चालक अनुमतिपत्र नवीकरण गर्ने भएको हो।, यो खबर आजको नेपाल समाचारपत्रमा छ ।

सवारी चालक अनुमतिपत्र नवीकरण सहज बनाउने उद्देश्यका साथ यातायात व्यवस्था सेवा कार्यालय विराटनगरबाट सो लाइसेन्स नवीकरणको काम शुरू भइसकेको छ। विभागले स्मार्ट लाइसेन्सको सिस्टम जडान भएपछि बाँकी पाँच स्थानमा पनि नवीकरण गर्ने भएको छ।

यातायात व्यवस्था विभागका प्रवक्ता तुलसीराम अर्यालले पहिलोपटक कोशी अञ्चल यातायात व्यवस्था कार्यालय इटहरीबाट हुँदै आएको सवारी अनुमतिपत्र नवीकरणको काम विराटनगरस्थित सेवा कार्यालयबाट शुरू गरेको बताउनुभयो।

विराटनगर सेवा कार्यालयले वार्षिक सवारी कर, सवारी धनी प्रमाणपत्र (ब्लु बुक) नवीकरण, बाटो इजाजत नवीकरण, सवारी साधन जाँचपास, अस्थायी रुट इजाजत (पटके) र सवारी साधन कर उठाउँदै आएको थियो। अब सवारी अनुमतिपत्र नवीकरणको काम पनि थपिएको छ।

सांसदलाई निलम्बनको व्यवस्था राख्ने वा नराख्ने विषयमा मतदान हुने

काठमाडौं, जेठ २ । प्रतिनिधिसभाको नियमावलीमा पक्राउ परेका सांसदलाई निलम्बनको व्यवस्था राख्ने वा नराख्ने विषयमा संसदमा मतदान हुने भएको छ ।

नियमावलीमा निलम्बनको व्यवस्था राख्ने वा नराख्ने विषयमा प्रमुख दलहरु विभाजित भएपछि सभामुख कृष्ण बहादुर महराले मंगलबार अनौपचारिक रुपमा प्रमुख दलका शीर्ष नेतासँग दिनभर छलफल गरेका थिए ।

छलफलमा दलहरुबाट आआफ्नो अडान कायम रहेपछि यसलाई मतदान गरेर टुंगो लगाउने तयारी गरिएको एमालेका एक नेताले बताए । आजको नागरिकको पृष्ठ ४ मा यो समाचार छापिएको छ ।

भारतले गोलीगठ्ठा तथा विस्फोटक पदार्थ उत्पादनका लागि चाहिने कच्चा पदार्थ नदिएपछि नेपाली सेनाको मकवानपुरस्थित ‘सुनाचरी इमल्सन प्लान्ट’ बन्द भएको छ ।

कच्चा पदार्थ आयात ठप्प भएपछि सरकारको अनुदान तथा सैनिक कल्याणकारी कोष र उद्योग मन्त्रालयको संयुक्त लगानीमा सञ्चालित प्लान्ट धरासायी बनेको हो ।

काठमाडौं–तराई द्रुतमार्ग निर्माणको जिम्मेवारी भारतीय कम्पनीबाट खोसेपछि भारतले विस्फोटक पदार्थ उत्पादनका लागि आवश्यक पर्ने कच्चा पदार्थ मागअनुसार नदिएको स्रोतको दावी छ ।

द्रुतमार्ग र अन्य सडक परियोजना निर्माणका लागि मात्रै वार्षिक सयौं टन विस्फोटक पदार्थ आवश्यक पर्छ । कारोबार दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *