रोचक समाचार समाज

अब बिहे नगरे पनि बच्चा जन्माउन पाउने, तयार भयो विधेयक मस्यौदा

काठमाण्डौ, जेठ २ । संसारभरका महिला अधिकारकर्मीले बर्षौदेखि उठाउँदै आएको मुद्धा हो, ‘आफ्नो शरीर, आफ्नै हक’ ।

जुन यौन तथा प्रजनन हकमा विद्यमान पितृसत्ताको नियन्त्रणविरुद्ध कडा चुनौती हो ।

पश्चिमका धेरै मुलुकमा यही मुद्धामा उभिएर चलेको आन्दोलनले महिलालाई विवाह नगरे पनि बच्चा जन्माउन पाउने हक दिलाईसकेको छ ।

विवाह गरेर पनि आफ्नो ईच्छाविना यौनसम्पर्क राखे त्यसलाई बलात्कारै मान्ने काुनन् त नेपालमा पनि बनिसकेको छ ।

अब भने पश्चिममा मुलुकमा झैँ नेपालमा पनि बच्चा जन्माउन झैँ नेपालमा बच्चा जन्माउन विहे गर्नैपर्ने कानुनी व्यवस्था हट्ने भएको छ ।

संविधानको धारा ३८ मा व्यवस्था गरिएको महिलाको प्रजननसम्बन्धी हक प्रचलनमा ल्याउन बन्दै गरेको विधेयकको मस्यौदामा यस्तो व्यवस्था प्रस्ताव गरिएको हो ।,आजको कान्तिपुरमा यो खबर छ ।

चिनियाँ पेट्रोल भण्डारणका लागि जग्गा खोज्दै सरकार

काठमाडौं, जेठ २ । नेपाल र चीनबीच भएको सम्झौता कार्यान्वयन गर्ने उद्देश्यसहित चिनियाँ पेट्रोलियम पदार्थ नेपाल आयात गरी भण्डारस्थलका लागि जग्गा खोजी तीव्र पारिएको छ । यो खबर आजको नागरिक दैनिकले छापेको छ ।

प्रधानमन्त्री केपी ओली चीन जानुअघि नै स्थान पहिचान गर्ने उद्देश्यसहित चिनियाँ पेट्रोलियम पदार्थ भण्डारणका लागि नुवाकोट, ललितपुर र तनहुँमा जग्गा खोजी गरिएको हो ।

जेठ १० गतेभित्र नै पेट्रोल भण्डारण गर्ने स्थल पहिचान गरी सोको विवरण चिनियाँ पक्षलाई दिने सरकाको योजना छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव लवराज जोशीको नेतृत्वको टोलीले नुवाकोट र तनहुँमा स्थलगत अध्ययन सकेको छ भने ललितपुरको छम्पीमा केहीदिनमा नै स्थलगत अध्ययन हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *