विश्व समाचार समाज

अपडेट: मकालु एयरको जहाज दुर्घटनामा : दुवै पाइलटको मृत्यु

काठमाडौँ, जेठ २। बुधबार बिहानदेखि सम्पर्कबिहीन भएको मकालु एयरलाइन्सको कार्गो जहाज हिमाली जिल्ला हुम्लाको खार्पुनाथ गाउँपालिका बाहुन खर्कमा फेला परेको छ ।

जहाजमा रहेका दुवै चालकको मृत्यु भएको छ । उद्दारमा गएको माउन्टेन हेलिकप्टरले दुर्घटनास्थल पत्ता लगाएको हो । दुर्घटनास्थलमा सेना र प्रहरी पुगिसकेको छ ।

ज्योतिषको दाबी: सलमान खानको सबैभन्दा ब्लकबस्टर फिल्म हुनेछ ‘रेस ३’, कमाईमा पनि सबै रेकर्ड ब्रेक

सलमान खान, बबि देओल, ज्याकलीन फर्नानडेज जस्ता सुपरस्टारहरु द्धारा अभिनित मल्टिस्टार फिल्म ‘रेस ३’ लाई लिएर फ्यानहरुमा जबरदस्त क्रेज देखिएको छ । सलमान खानको फिल्म टाइगर जिन्दा हे ब्लकबस्टर भएपछि अब फ्यानहरुलाई एक पटक फेरी सलमानको यो दमदार लुक्स ‘रेस ३’ मा देखिने आशा गरीएको छ ।

यो फिल्मबाट धेरै नै आशा गरीएको छ, तर यो फिल्मको ट्रेलर रिलिज हुने बित्तिकै भारतकै एक ज्योतिषले यो फिल्मले ३०० करोड क्लबमा समावेश हुने बताएका छन् ।

ईदलाई मध्यनजर गरेर रिलिज गरीन लागीएको सलमानको यो फिल्मले राम्रो ब्यापार गर्ने दाबी ज्योतिष अटलांटा कश्यप को हो । अटलांटाको हिसाबमा ‘रेस ३’ स्टारहरु मजबुद भएकोले यो फिल्म पहिलो हप्तामा नै ३०० करोडको क्लबमा प्रवेश गर्ने दाबी गरेकी छिन  ।

ज्योतिष अटलांटाको गणित अनुसार ‘रेस ३’ सलमान खानको अहिलेसम्मको सबैभन्दा ठुलो हिट फिल्म हुनेछ । १५ जुनमा रिलिज हुन गईरहेको रेस ३ को ट्रेलर मे १५ मा रिलिज गरीएको थियो जसमा सलमान खान जबरदस्त लुक्समा देखिएका छन ।

सलमानको साथै बबि देओल पनि धेरै दमदार लुक्समा देखिएका छन् । रे’स ३’ का मुख्य कलाकारहरुको बर्थडेट बाट निकालिएका आकडा अनुसार अटलांटा का अनुसार यो फिल्मको सफलता निश्चित छ । अटलांटा कश्यपका अनुसार म्याजिकल पावरफुल नम्बर ६–९–३ को जन्म भएको छ, जसको संख्या र पोजेटिभ इनर्जीको कारण फिल्मलाई भरपुर सहयोग मिल्नेछ । यसमा एउटा जोडि नम्बर यस्तो छ, जसको प्रभावका कारण ज्योतिष नम्बरको गेममा थोरै समस्या आउदछ । तर उसको असर दर्शकहरुमा अलिकति पनि पर्ने छैन , यसमा १०० प्रतिशत मध्ये जम्मा १ प्रतिशत मात्र असर पर्नेछ ।

‘रेस ३’ जुन १५ मा रिलिज हुन गईरहेको छ , ज्योतिष शास्त्र अनुसार यो बर्ष यस्तो नम्बर कम्बिनेशन भएको फिल्म अर्को आउने सम्भावना छैन । अटलांटाले ट्रेलर रिलिज हुनुभन्दा अगाडी नै यो पुर्वानुमान गर्दे भनेकी थिइन कि यो फिल्म सलमान खानको जिवनको सबैभन्दा ठुलो फिल्म हुनेछ ।

अटलांटाले भनेकी छिन कि यो फिल्म केबल हिट मात्र हुने छैन कि कमाईमा पनि सबै रेकर्ड ब्रेक गर्नेछ । अब ज्योतिषले गरेको भविष्यवाणि कति सहि हुने हो त्यो भने हेर्न वाँकी छ तर फिल्मको ट्रेलरले भने आउने वित्तिकै धुम मच्चाएको छ ।

‘रेस’ फिल्मको पहिलो २ फिल्ममा सैफ अलि खान लिड रोलमा थिए भने ‘रेस ३’ मा पहिलो पटक सलमान खान देखिदैछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *