प्रदेस न ४ 'समाचार विश्व समाचार समाज

पोखरा विमानस्थलमा बम फेला [फाेटाे फिचर]

पोखरास्थित विमानस्थलमा बम भेटिएको छ । विमानस्थलको १ नम्बर गेटमा बम भेटिएको प्रहरीले जनाएको छ । कास्की प्रहरी प्रवक्ता खड्कबहादुर खत्रीका अनुसार बम डिस्पोजल टोली आएर काम सुरु गरिसकेको छ ।
विप्लव समूहका कार्यकर्ताले बम राखेको हुनसक्ने अनुमान प्रहरीले गरेको छ । विप्लव समूहले आज नेपाल बन्द अाह्वान गरेपनि यसको सामान्य प्रभाव देखिन्छ ।

पाल्पाको रामपुरमा बम विस्फोट

 पाल्पामा आइतबार बिहानै बम विस्फोट भएको छ। सदरमुकाम तानसेन नगरपालिका–५ कैलाश नगरस्थित श्रीनगरडाँडाको तल्लो भाग र बस्ती भन्दामाथि करीब ५ बजे बम विस्फोट हुँदा आएको ठूलो आवाजाबट स्थानीयवासी त्रसित भएका छन्।

विस्फोटक पदार्थ के भन्नेबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका नायब उपरीक्षक विनोद घिमिरेले बताए। नजिकै भेटिएका टुक्रालाई आधार मान्दा प्रेसर कुकर बम हुनुपर्ने उनको अनुमान छ।

यसैबीच नेकपाले आह्वान गरेको बन्दले जनजीवन बिहानैदेखि प्रभावित भएको छ। बन्दका कारण जिल्लाबाट छुट्ने लामो तथा छोटो सवारी साधन छुटेका छैनन्। शैक्षिक संस्था, बजार पसल सबै ठप्प छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *