कला /सस्कृति मनोरन्जन रोचक विश्व समाचार

कसलाई ठगिन् यी हट अभिनेत्रीले ?

 

काठमाडौं । भारतको पञ्जाबस्थित होसियारपुर प्रहरीले ठगीको अभियोगमा अभिनेत्री सुरविन चावला र उनका पतिलाई सोधपुछ गरेको छ ।

हिन्दि र पञ्जावी फिल्मकी यी हट अभिनेत्री दम्पत्तीविरुद्ध भारा ४२० अनुसार ठगीको उजुरी परेको थियो ।

सुरविनले यसलाई झुठो आरोप भनेकी छन् । बयान नलिई उजुरीका आधारमा छानविन गलत भएको उनले बताएकी छन् ।

सुरविनसहित तीन जना मिलेर फिल्म निल बट्टे सन्नाटाका लागि होसियारपुरका एकजना निर्माता सतपाल गुप्तासँग ४० लाख लिएको आरोप छ ।

तीन दिनमा पैसा फिर्ता दिन मनाही गरेपछि उजुरी परेको थियो । –एजेन्सी

ठ्याक्कै आमा श्रीदेवी जस्तै जाह्नवी

भारतीय सिनेमा जगतको पहिलो महिला सुपरस्टार श्रीदेवीकी जेठी सुपुत्री जाह्नवी कपूरले फिल्म धडकबाट बलिउड फिल्म उद्योगमा पाइला राखेकी छिन् ।

अभिनेत्री जाह्नवी कपूर झट्ट हेर्दा आफ्नो आमा श्रीदेवी जस्ती नै देखिन्छिन । उनका केही यस्ता तस्बिरहरु छन् जुन हेरे पछि तपाईले पक्कै विश्वास गर्नु हुन्छ । जाह्नवीका यी ५ फोटोहरु हेर्दा लाग्छ उनी आमा श्रीदेवीको हुबहु कपी हुन् ।

आमा श्रीदेवीको असमायिक निधनले एक्ली भएकी जाह्नवी बिस्तारै माता वियोगको पीडा भुल्ने कोसिस गर्दै छिन् । तर कहिलेकाही उनको चेहरामा उदासीपन स्पष्ट देख्न सकिन्छ । नेपाल समाचारपत्रबाट

छिमेकी देश भारतमा यसअघि गधा, कुकुर, बाँदरजस्ता जनावरको बिहे गरिएका खबर त आएकै थिए । यसपटक चाहिँ एक कदम अघि बढ्दै कुखुराको समेत बिहे भएको छ ।

छत्तीसगढमा एक भव्य समारोहबीच भाले र पोथी कुखुराबीच बिहे गराइएको हाे ।

बिहे यति अनौठो र भव्य भयो कि त्यसको चर्चा पूरै गाउँमा मात्र होइन, आसपासका गाउँहरुमा पनि भयो ।

कुखुरा पनि चानचुने होइन, एउटा विशेष प्रजातिको कुखुरा । बेहुला कुखुराको नाम कालिया हो भने बेहुलीको नाम सुन्दरी ।

मासु तथा अण्डाका लागि निकै लोकप्रिय तथा विशेष जातको मानिने कडकनाथ प्रजातिका भाले र पोथी कुखुराबीच बिहे गराइएको थियो ।

छत्तीसगढको दन्तेवाँडास्थित हिरानारा गाउँमा हिन्दू परम्परा अनुसार कालिया र सुन्दरीबीच बिहे सम्पन्न भयो ।

बिहेमा सरसामानको जोरजाम मानिसको भव्य बिहेमा भन्दा कम थिएन । बिहेका लागि निमन्त्रणा कार्ड पनि छपाएर वितरण गरिएको थियो ।

जन्तीसँगै बेहुला कालियालाई मण्डपमा ल्याइयो, जहाँ बेहुली सुन्दरीलाई राखिएको थियो । सोही मण्डपमा दुईबीच बिहे गराइयो ।

बिहेपछि भव्य भोजको आयोजना गरियो । नाचगान पनि भयो । त्यस अवसरमा दुवैलाई रातो पहिरनमा सजाइएको थियो ।

एजेन्सीको सहयोगमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *