राजनीति समाचार समाज

प्रचण्ड संग तिघ्रा जोडेर नाचेकी रेखा थापाले आफु प्रधानमन्त्री बन्ने यसरी सुनाईन यस्तो रोचक कुरा

नायिका रेखा थापाले आफू राजनीतिमा असफल नभएको दाबी गरेकी छिन् ।
“लेखेर राख्नुस्, म बहुत सफल हुन्छु । म हन्ड्रेड प्रर्सेन्ट कुनै बेला यो देशको नेतृत्व गर्ने ठाउँमा पुग्छु ।”

कोटा वा किस्तीमा दिइएको पदले नभै आफ्र्न क्षमताका आधारमा प्रतिस्पर्धामार्फत आफु देशको नेतृत्व तहमा पुग्ने दाबी थापाको छ । चुनावमा महिलालाई प्रत्यक्षतर्फ नलडाएर समानुपातिकमा मात्रै राखिएकोप्रति उनले असन्तुष्टी व्यक्त गरेकी छिन् ।

“म जस्ता धेरै नारीहरु छन्, जो देशको नेतृत्व गर्ने क्षमता राख्दछन् । म प्रधानमन्त्रीको लायक छु । बनेरै छाड्छु ।” उनले भनिन् ।

पहिला प्रचण्ड निकट, अहिले पशुपतिशमशेर राणा निकट, यसरी पार्टी फेर्दै हिँड्ने मान्छे कसरी क्षमतावान हुन्छ भन्ने प्रश्नमा थापाले कुटनीतिक जवाफ दिदै भनिन्, “प्रचण्ड पनि यही देशका नागरिक हुन्, पशुपतिशमशेर पनि यही देशका नागरिक हुन् । म विदेशी मान्छेसँग त छैन नि ।”प्रचण्ड संग तिघ्रा जोडेर नाच्दै चर्चामा आएकी रेखा घमण्डी नायिकाका रुपमा परिचित छिन।

जोसँग नजिक भए पनि देशकै लागि केही गर्ने चाहना भएको उनको दाबी छ । दलहरुको सिद्धान्त हेरेर नजिक भएपनि ति सिद्धान्त कागजी रुपमा मात्रै भएको व्यवहारिक रुपमा नभएको उनको आरोप छ ।

“कागजी सिद्धान्तले जनताको आँखामा छारो हाल्ने काम गर्न त भएन नि ।” उनले भनिन् ।
आफूले पार्टी परिवर्तन गर्नु सामान्य भएको भन्दै उनले आफूले देश परिवर्तन नगरेको तर्क पेश गरिन् ।

सञ्चारकर्मी किशन रेग्मिको “हे कान्छी” चर्चामा

नयाँ बर्ष २०७५ को रौनक सेलाउन नपाउँदै संगीतप्रेमीहरुका लागि नवगायक किशन  रेग्मीले अमेरीकाबाट कान्छी हे कान्छी बोलको गीत वल्र्डवाइड प्रिमियर गरेका छन् । अप्रिल २० तारिख अर्थात बैशाख ७ गते युएसखवरको आधिकारिक युट्युव च्यानल यु एस मिडिया नेटवर्कमार्फत कान्छी हे कान्छी गीत रिलिज गरिएको हो । पहिलो गीतबाटै चर्चासंगै प्रशंसकहरुको माया पाइरहेका गायक किशन  रेग्मीलाई उक्त गीतमा गायिका श्रुती योगीले साथ दिएकी छिन ।

गायक रेग्मी अमेरीकाको टेक्सास बस्दै आएपनि उनले यो गीत स्थानीय स्टुडियोमा रेकर्ड गराएर ड्वेट भर्सनका लागि नेपाल पठाएका हुन् । सोही गीतका ब्यानर  तथा अडियो केही समयदेखि सामाजिक सञ्जालमा भाइरल बनेको थियो । समय सान्र्दभिक उक्त गीतको भिडियो उद्धव सिलवाल प्रोडक्सन र युएस मिडिया नेटवर्कको सहकार्यमा तयार पारिएको हो ।

आम दर्शकलाई मध्यनजर गर्दै युवापूस्ताका प्रेम र रोमान्सलाई श्रब्यदृष्य भिडियोमा समेटिएको छ । । गीतका शब्द प्रल्हाद रिजालले लिपिवद्ध गरेका हुन भने एसडी योगीले कर्णप्रिय संगीत भरेका छन् । कान्छी हे कान्छीलाई निर्देशक प्रकाश धितालले कलात्मक रुपले भिडियोमा उतारेका छन । मोडल शिल्पा पोखरेल र पृथ्वीराज प्रसाईको संयोजनले गीत अझ उत्कृष्ट बनेको छ । ललितपुरको गोदावरी रिसोर्टमा छायांकन गरिएको उक्त गीतलाई उत्सव दाहालले खिचेका हुन भने सुरेन्द्र बसेलले कोरियोग्राफी गरेका हुन् । अमेरीकाका उद्धव सिलवाल निर्माता रहेको उक्त गीतको भिडियो अप्रिल २० शुक्रवार अमेरीका लगायत बिश्वभर एकसाथ रिलिज गरिएको हो । गीतले युवापुस्ता र अहिलेको माया प्रेमलाई मिठास ढंगले प्रस्तुत गरेको निर्माता उद्धव सिलवालले उल्लेख गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *