समाचार

३३ किलो सुन तस्करी प्रकरणमा शौचालय जान्छु भनेर बेपत्ता भएका डिएसपी आफैँ सम्पर्कमा

३३ किलो सुन तस्करी प्रकरणमा बयान लिँदा लिँदै शौचालय जान्छु भनेर बेपत्ता भएका प्रहरी नायव उपरीक्षक पक्राउ परेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्रिएर हराएको भनिएको तस्करीको ३३ किलो सुन प्रकरणमा गृहमन्त्रालयमा बयान दिन पुगेका डिएसपी सञ्जय राउत  शौचालय जान्छु भनेर बेपत्ता भएको २४ घण्टापछि आफैँ सम्पर्कमा आएका हुन्।

गृहमन्त्रालय श्रोतका अनुसार डिएसपीसँग विहीबार नै बयान लिने तयारी गरिएकाे छ । ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणबारे छानविन गर्न गृह मन्त्रालयका सहसचिव इश्वर पौडेलको संयोजकत्वमा गठित समितिले उनको बयान लिने जनाइएको छ।

धादिङमा पहिरो जाँदा पृथ्वी राजमार्ग अवरुद्ध

धादिङको गजुरी गाउँपालिका वडा नं ६ जहरेमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ। विहीबार परेको अविरल वर्षापछि पहिरो जाँदा पृथ्वी राजमार्ग अवरुद्ध भएको हो। सडक अवरुद्ध हुदाँ पृथ्वी राजमार्ग भएर काठमाडौं जाने तथा पूर्व–पश्चिम गुडेका सवारी साधनहरु बीचमा नै रोकिएका छन्।

पहिरो हटाइ बाटो खुलाउने प्रयास भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रम्ुख कृष्ण सापकोटाले जानकारी दिए। ‘अहिले दुवै तर्फको बाटो अवरुद्ध छ’ सापकोटाले भने, ‘पानी परिरहेका कारण बाटो खुलाउन सकिएको छैन।’ सडक खुलाउनका लागि प्रहरी र स्थानीयले पहल गरिरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *