मनोरन्जन रोचक

श्रीमतीलाई डिभोर्स दिएर छोरीसँग अवैध सम्बन्ध

बाबुका लागि छोरी घरकी लक्ष्मी जस्तै मानिन्छ । नेपाली समाजमा बाबु–छोरीको सम्बन्ध पवित्र मानिन्छ । तर, अमेरिकामा एउटा यस्तो घटना बाहिरिएको छ, जुन सुन्दा पनि सबैको होश हवास उठ्छ ।

अमेरिकाको कनेक्टिकटस्थित न्यू मिलफोर्ड टाउनमा स्टीवन प्लाडले आफ्नी श्रीमतीलाई तब डिभोर्स दिए जब उनकी १९ वर्षे छोरी (केटी नाम गरेकी) गर्भवती थिइन् । श्रीमती हुुँदाहुँदै छोरीसँग अवैध सम्बन्ध राखेका स्टिवनले गर्भवती भएपछि श्रीमतीलाई डिभोर्स दिए र छोरी केटीसँग विहे गरी वैधानिक रुपमै श्रीमती बनाए । श्रीमती नहुुँदा उनी छोरीलाई श्रीमतीकै रुपमा हेर्थे र सम्बन्ध राख्दै आएका थिए ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार विहेपछि छोरी अर्थात नयाँ श्रीमती केटीले बच्चा जन्माएकी छन् । बच्चा जन्माएको ७ महिनासम्म सम्बन्ध ठिकै चल्दै थियो । तर, फेरि अर्को समस्या देखियो । छोरी अर्थात नयाँ श्रीमती केटीले उनलाई छोडेर अर्कै पुरुषसँग हिंडिन् । आफूूलाई छाडेपछि तनावमा परेका स्टिवनले केटी, बच्चा र शरण दिने पुरुषको घरमा घुुसेर गोली हानी हत्या गरे । त्यसपछि आफैलाई गोली हानेर आत्महत्या गरे ।

प्रहरीले केटी र पुुरुषको शव पिकअप ट्रकमा फेला पारी बरामद गरेको छ भने बच्चाको शव घरभित्र भेटाएको छ । प्रहरी अनुसन्धानमा स्टिवन र केटी अवैध सम्बन्ध राखेको आरोपमा यसअघि पनि पक्राउ परिसकेका थिए । केटीकी आमाको उजुरीका आधारमा उनीहरु पक्राउ परेका थिए । तर, दुबैको मन मिलेपछि कस्को के लाग्थ्यो र प्रहरीले छोडिदियो । त्यसपछि स्टिवनले श्रीमतीलाई डिभोर्स दिएर छोरीसँग औपचारिक सम्बन्ध गाँसेका थिए । एजेन्सी

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *