विश्व समाचार

गेष्ट हाउसको कोठा नम्बर २ सय ३ मा युवतीको हत्या आरोपमा पक्राउ परेका सार्वजनिक

युवतीको हत्या आरोपमा पक्राउ परेका सल्यानका गोपाल शर्मालाई प्रहरीले आज सार्वजनिक गरेको छ ।

गत चैत २३ गते राजधानीको टोखा नगरपालिका–९ मिलन टोलस्थित भुमेश्वरी गेष्ट हाउसको कोठा नम्बर २ सय ३ मा एक युवती घाँटी र खुट्टा बाँधिएको अवस्थामा मृत भेटिएकी थिईन् ।

उनको हत्यामा संलग्न भएको अभियोगमा सल्यानको शारदा नगरपालिका–१ का २२ वर्षीय शर्मालाई महानगरीय प्रहरी वृत्त, महाराजगञ्जले कञ्चनपुरको भारतीय सीमावर्ती क्षेत्र गड्डाचौकीबाट पक्राउ गरेको हो ।वैशाख २, २०७५ – युवतीको हत्या आरोपमा पक्राउ परेका सल्यानका गोपाल शर्मालाई प्रहरीले आज सार्वजनिक गरेको छ ।

 

गत चैत २३ गते राजधानीको टोखा नगरपालिका–९ मिलन टोलस्थित भुमेश्वरी गेष्ट हाउसको कोठा नम्बर २ सय ३ मा एक युवती घाँटी र खुट्टा बाँधिएको अवस्थामा मृत भेटिएकी थिईन् ।

उनको हत्यामा संलग्न भएको अभियोगमा सल्यानको शारदा नगरपालिका–१ का २२ वर्षीय शर्मालाई महानगरीय प्रहरी वृत्त, महाराजगञ्जले कञ्चनपुरको भारतीय सीमावर्ती क्षेत्र गड्डाचौकीबाट पक्राउ गरेको हो । युवतीले ब्ल्याकमेल गर्न खोजेपछि हत्या गरेको पीडकले प्रहरीसँगको बयानमा स्वीकारेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी विश्वराज पोखरेलका अनुसार उनीहरु सो घटना अघिसम्म अपरिचित थिए ।

रामेछापमा काठको काम गर्दै आएका शर्मा घटना भएकै दिन काठमाडांै आएका र माछापोखरीमा ती युवतीसंग भेट भएको थियो । पहिलो भेटमा दुबै जनाको सहमति अनुसार सो गेष्ट हाउस गएका थिए । उनीहरु २२ चैतमा राती गेष्ट हाउसको २ सय ३ नम्बरको कोठामा बसेका थिए ।

 

कोठामा गेष्ट हाउस सञ्चालक बिल लिएर भोलिपल्ट सो कोठामा जाँदा युवती मृत अवस्था भेटिएकी थिइन् । सो लगतै प्रहरीले अनुसन्धान थालेको थियो । प्रहरीका अनुसार युवतीको परिचय अझै खुलेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *