विश्व समाचार

बाहिर रेस्टुरेन्ट भित्र देहव्यापार, पक्राउ परे युवतीहरु (फोटो भिडियो सहित )

काठमाडौंको गौशाला नजिकै विजयचोकमा अस्मिता खाजा घर नामक रेष्टुरेन्ट छ। ग्राहकको भीड लाग्ने रेष्टुरेन्टमा धेरै जना युवतीहरुलाई राखिएको छ। होटलको कामका लागि नभई ग्राहकलाई यौन सन्तुष्टि दिन उनीहरुलाई राखिएको हो।

खाजा घरको नाममा तनहुँकी जुना पोखरेललाई प्रहरीले पक्राउ गरेको छ।

त्यस्तै घर भाठामा लिएर वेश्यालय चलाउने सिरहा पदमपुरकी गिता दाहाल र झापा सुरुङगाकी रश्मि सिटौलालाक्षर्् पनि प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेकाहरुलाई सार्वजनिक अपराध मुद्दामा कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ।

श्रीमानको लास त बाकसमा आयो, तर चित्त बुज्दो मृत्युको कारण आएन्, सरकार मलाई न्याय चाहियो [भिडियो सहित]

राती फोनमा बोलेर सुतेका श्रीमान् बिहान बित्नुभयो भनेर खबर आउँदा कसरी पत्याउनु, खबर सुन्दा सपनामा छु कि विपनामा छुट्याउनै गाह्रो भयो,’ विदेशमा श्रीमान् बितेको खबर पाएपछि आफूलाई लागेका कुरा सुनाउँदै हुनुहुन्थ्यो ३४ वर्षिया दुर्गा परियार ।

सप्तरीको हर्दिया ६ कि दुर्गा हिजोआज उदयपुरको त्रियुगा नगरपालिका १० मा बस्नुहुन्छ । उदयपुरमा बस्न थालेको झण्डै १५ वर्ष भयो । उदयपुर आएपछि नै हो उहाँका श्रीमान् विदेश गएको ।

दुर्गाका श्रीमान् चुडामणी युएई गएको २८ महिना भइसकेको थियो । गार्मेन्टको काम गर्ने चुडामणी छुट्टिमा आएर गएका थिए । भिडियो हेर्न तल क्लिक गर्नुहोस :

 

पोखराको लास जलाउने ठाउँ रामघाटमा नयाँबर्षको दिन बिहानै हजारौं मानिसहरु जम्मा भए । प्रदेश नं. ४ का मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङ, वाताबरण मन्त्री बिकास लम्साल, पोखरा लेखनाथ महानगरका मेयर मान बहादुर जिसी लगायत हजारौं उपस्थित भएर नयाँ बर्षको बिहानीमा समृद्ध पोखराको प्रतिबद्धता जाहेर गरे । आखिर किन मुर्दा घाटमा कार्यक्रम आयोजना भयो ? बिशेषत पोखराको गहना, पबित्र धार्मिक स्थलको रुपमा चिनिएको सेती नदी बचाउने उद्देश्यले एक वडाबाट सुरु भएपछि वडा ९ मा यो कार्यक्रम गर्दा रामघाट रोजिएको सेती बचाउँ अभियानका अभियान्ता पोखरा लेखनाथ महानगरपालीका वडा ९ का सचिव लोकदर्शन कोईरालले बताउनु भयो । कार्यक्रमको अवसरमा प्रदेश नं. ४ का मुख्य मान्त्री पृथ्वीसुब्ब गुरुङले पोखरालाई हरियाली र पूर्ण सरसफाई बनाउने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । उहाँले प्रदेश सरकारले समृद्ध प्रदेश बनाउने अवधारणा अनुरुप सरकार अगाडी बढेकाले सबैले हातेमाले गर्न आग्रह समेत गर्नुभयो । हप्तामा एक घण्टा राष्ट्रका लागी स्वयंसेवा भन्ने मुल नाराका साथ रामघाटमा पोखरा उपत्यका बृहत सरसफाई कार्यक्रम सम्पन्न भएको छ । बिशेषत पोखरा र पोखराको सेती नदीमा थुपारीएको फोहोरले पोखरालाई कुरुप बनाएको सहभागी वक्ताहरुले बताएका थिए । पोखरा प्राकृतिक रुपमा सम्पन्न भएपनि मानविक कारण अहिले बिग्रदै गएको पोखरा लेखनाथ महानगरपालीकाका मेयर मानबहादुर जिसीले बताउँनुभयो । हरेक घरमा कम्तीमा दुई बिरुवा हुर्काउन सकेमा सोचेको ग्रिन सिटी बन्ने उहाँको तर्क थियो । मेयर जिसीले सेती नदीमा फोहोर फल्ने साथै सेप्टी टंकी मिसाउनेलाई महानगरले कारबाही गर्ने समेत बताउनु भयो ।
उक्त अवसरमा बृहत सरसफाई योजनाको प्रतिपादन गरेर निरन्तर अभियान्ताको रुपमा लागेको भन्दै पोखरा लेखनाथ वडा नंं ९ का सचिव लोकदर्शन कोईरालाई सम्मान समेत गरिएको थियो । प्रदेश नंं ४ का मुख्य मन्त्री पृथ्वीशुब्बा गुरुङले वडा सचिव कोईरालाई प्रमाणपत्रसहित सम्मान गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *