प्रदेस न ४ 'समाचार समाचार

पोखरामा विद्यार्थीको ज्यान गए पछि विद्यार्थीहरुले गरे प्रदर्शन “ विद्यार्थीहरु प्रहरी खोरमा”

दुर्घटनामा एक जना विद्यार्थीको ज्यान गए पछि पोखराका विद्यार्थीहरुले बुधबार विभिन्न ठाउँमा प्रदर्शन गरेका छन् । मंगलबार एयरपोेर्टमा नगरबसको ठक्करले मोटरसाईकलमा सवार शोभाकान्त पनेरुको मृत्यु भएको थियो ।

दोषीमाथी कडा कारबाही सहित उचित राहतको माग गर्दै विद्यार्थीहरुले आन्दोलन गरेका हुन् । मृतक पनेरु छोरेपाटन स्थित गुप्तेश्वर बहुमुखी क्याम्पसमा अध्ययनरत थिए ।

पोखरा लेखनाथ महानगरपालिका ७ एयरपोर्ट अगाडि ग १ ख ३८७७ नम्बरको माइक्रो बसले ग ९ प २१९१ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाईकलमा सवार २५ बर्षीय शोभाकान्त पनेरुको मृत्यु भएको हो । प्रहरीका अनुसार मंगलबार बिहान भएको दुर्घटनामा मोटरसाइकलको पछाडी सिटमा रहेका स्याङ्जा घर भई हाल पोखरा -६ डेमसाइड बस्दै आएका पनेरुको मृत्यु भएको हो । दुर्घटनामा मोटरसाइकल चालक पोखरा -२१ निर्मलपोखरी निवासी २५ बर्षीय संदिप पौडेल घाईते भएका छन् ।

घाइते पौडेलको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बस,मोटरसाइकल र बस चालकलाई नियन्त्रणमा लिएको प्रहरीले उल्लेख गरेको छ ।

विद्यार्थीहरुले पोखराका माईक्रोबस बन्द गरी नाराबाजी सहित प्रदर्शन गरेका छन् । सभागृह चोकमा विद्यार्थीहरुले नाराबाजी सहित केहिबेर प्रर्दशन गरे ।

प्रदशनीको क्रममा प्रहरीले विप्लव निकट अखिल क्रान्तिकारीका जिल्ला उपाध्यक्ष प्रकाश बास्तोला, एमाले अखिलका गोबिन्द महत,सुवास सुवेदी र विश्वासलाई प्रहरीले प्रकाउ गरेका थिय। हाल प्रकाउ परेका बिधार्थीहरुलाई रिहाई गरि सकेको वैदाम प्रहरीले बताएका छन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *