कला /सस्कृति मनोरन्जन विश्व समाचार

सलमान जेठमा ‘दब्याङ्ग द टुर’ को लागी नेपाल आउने, जोडतोडका साथ तयारी शुरु

भारतीय फिल्म स्टार सलमान खानसहित बलिउड कलाकारहरु ‘दब्याङ्ग द टुर नेपाल’ को लागी आगामी जेठमा नेपाल आउने भएका छन् ।

यसअघि फागुन २६ गते काठमाडौँको टुँडिखेलमा हुने भनिएको सलमान खानको ‘दब्याङ्ग द टुर नेपाल’  विप्लव समूहको चेतावनीलाई कारण देखाउँदै सलमानले नेपाल नआउने सन्देश पठाएपछि आयोजक ओडीसी इन्टरनेसनले ‘दबंग द टुर’ रद्द गरेको थियो।

कार्यक्रमका आयोजक ओडिसी इन्टरटेनमेन्टका अनुसार ‘दब्याङ्ग द टुर नेपाल’ आउदो जेठ १२ मा काठमाडौँको टुँडिखेलमा आयोजना हुने जनाएको छ ।

कालो हरिण मारेको घटनामा गएको विहिबार ५ बर्षको जेल सजयाए पाएका सलमानले शनिवार जमानतमा छुटेका थिए । उनी जेल परेसँगै सलमान नेपाल आउने नआउने विषयमा अन्यौल बढेको बेला जेए इभेन्टसले विज्ञप्ति जारी गर्दै सलमान आउने कार्यक्रमको नयाँ तालिका सार्वजनिक गरेको हो ।

कार्यक्रमका आयोजक तथा ओडिसीका अध्यक्ष सिमान्त गुरुङले कार्यक्रमका लागि डेढ महिना समय बाँकी भएकाले जोडतोडका साथ तयारी शुरु गर्ने बताए ।

गुरुङले ग्लोबल आइएमई बैंक, भाटभटेनी लगायतका मुख्य स्थानबाट टिकट वितरण शुरु गर्ने तयारी गरेको पनि जानकारी दिएका छन् । पहिले नै बेचेको करिब २ हजार टिकटबाट पनि सलमानको कार्यक्रम हेर्न पाउने आयोजकले बताएको छ ।

ओडिसी इन्टरटेनमेन्टले यसअघि नै सलमानलाई करि ६ करोड बढी रकम दिइसकेको बताउदै आएको छ ।

कार्यक्रमको १० देखि १२ करोडको लागत अनुमान गरिएको छ ।

कार्यक्रममा सलमानसँगै नायिका सोनाक्षी सिंहा, कृति सेनन, कोरियोग्राफर तथा चर्चित अभिनेता प्रभु देवा, डेजी शाह, मिट ब्रदर, मनिष पावलको प्रस्तुति रहने बताइएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *