मनोरन्जन विश्व समाचार हिन्दि समाचार

८० हजार धरौटीमा छुटे सलमान ८० हजार धरौटीमा छुटे सलमान ‘ बैशाख मा नेपाल आउने कि न आउने हेर्नुहोस {भिडियो सहित}

बलिउड अभिनेता सलमान खान भारू ५० हजार अर्थात नेपाली ८० हजार धरौटीमा छुटेका छन्।

गत बिहिबार कोर्टले उनलाई ५ वर्षको जेल सजाय सुनाएको थियो। उनलाई कालो हरिण सिकारको मामिलामा सजाय दिइएको हो।

उनले केसको सुनुवाई गर्न कोर्टमा अपिल गरेका थिए।

सलमानको अपिलमा शनिबार सुनुवाइ गर्दै जोधपुर सेशंस कोर्टका न्यायाधीश रवीन्द्रकुमार जोशीले सलमानलाई जमानत दिने फैसला गरेका हुन्।

सलमानलाई न्यायाधीशले रिहाइ गर्न फैसला गरेसँगै उनलाई जेलबाट बाहिर निकाल्ने प्रक्रिया सुरू भएको छ। अदालतले उनलाई कुनैपनि  बेला उपस्थित हुन आदेश दिएको छ।

सन् १९९८ मा ‘हम साथ साथ हे’ फिल्मको सुटिङको समयमा राजस्थानका स्थानीयले पवित्र मानेर पूजा गर्ने ‘चिङ्कारा’ (कालो हरिण) को सिकार गरेको आरोप उनीमाथि लागेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *