कलाकार मदनकृष्ण श्रेष्ठलार्इ पत्नीशोक परेको छ ।
लामो समयदेखि क्यान्सर पीडित यशोदाको सोमबार राति १०ः४५ बजे अस्पतालमा निधन भएको हो ।
उनको मंगलबार बिहान ९ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने कार्यक्रम रहेको छ ।
मदनकृष्ण श्रेष्ठले ३५ वर्षअघि यशोदा सुवेदीसंग अन्तरजातिय विवाह गरेका थिए ।